अहिले सुदूरपश्चिमका ठुला शहरमा दैनिक जसो महिलाहरु अनैतिक क्रियाकलापमा पक्राउ गरिरहेका छन् । महिलाहरु गरिबी र छिटो पैसा कमाउनको लागि उक्त बाटो राजेको पाईएको छ । षुरुषहरु त रहर मै अनैतिक क्रियाकलापमा फस्ने गरेको प्रहरीको अनुन्धानबाट खुलेको छ ।

महिलाहरु अनैतिक क्रियाकलापमा फस्नुको मुख्य कारण गरिबी भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका पुर्व सुचना अधिकारी प्रजवल महर्जनले बताए । उनले भने “प्राय महिलाहरु गरिबी र छिटो पैसा कमाउनको लागि उक्त बाटो राजेको पाईएको छ । षुरुषहरु त रहर मै अनैतिक क्रियाकलापमा फस्छन् । र आमा बुवा नभएका १८ बर्ष मुनीका बालबालिका पनि फसेका छन् ।“
यस्तै दस दिन अगाडी कैलालीमा अनैतिक क्रियाकलापमै संलग्न रहेका ४ जना पक्राउ परेका थिए । जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले धनगढी उपमहानगरपालिका ७ मनोहरास्थित एक होटेलमा चेकजाँच गर्दा अनैतिक क्रियाकलापमा संलग्न रहेका ४ जनालाई पक्राउ परेका थियो ।पक्राउ पर्नेमा बर्दियाको ठाकुर बाबा नगरपालिका १ का ४५ वर्षीय पुरुष, कञ्चनपुरको भिमदत्त नगरपालिका १० का ३२ वर्षीय पुरुष, बाजुरा जिल्लाका २१ वर्षीय युवती र कैलालीको धनगढी उपमहानगरपालिका १८ बस्ने १८ वर्षीय एक किशोरी रहेका थिए । पक्राउ परेका सबैको नाम र ठेगाना प्रहरीले गोप्य राखेको थियो ।
केही समय पहिला कैलालीमा अनैतिक क्रियाकलापमा संलग्न १ जना पुरुष सहित ३ महिला पक्राउ परेका थिए । वडा प्रहरी कार्यालय धनगढी र अस्थायी प्रहरी पोस्ट बिशालनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले धनगढी उप महानगरपालिका ०३ ट्राफिक चोक स्थित बुढीनन्द होटेल र धनगढी गाउँ स्थित संजिव होटेलबाट उनीहरूलाई पक्राउ गरिएको थियो ।यस्तै कैलालीको अत्तरियाबाट अनैतिक क्रियाकलापमा संलग्न ४ महिला र पुरुष पक्राउ परेका थिए । इलाका प्रहरी कार्यालय माला खेतीले गोदावरी नगरपालिका – २ अत्तरिया रिङ रोड स्थित न्यु अपि सुदूरपश्चिम होटेलबाट अनैतिक क्रियाकलापमा संलग्न एक महिला, एक पुरुष सहित होटेल सञ्चालक २ जना पक्राउ परेका थिए ।
माथिका सबै एक उदाहरण मात्रै हुन् । कैलालीमा यस्ता सयौँ पुरुष र महिलाहरू छन् जो अनैतिक क्रियाकलापमा संलग्न भएको कारण पक्राउ परेका छन् । कतिपय १८ वर्ष नपुगेका बालबालिका पनि यसको दलदलमा फसेका छन् । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क हेर्दा २०८०र २०८१मा ३६जना महिला पक्राउ परेका छन् भने २३ जना पुरुष पक्राउ परेका छन् । यस्तै ७ जना तेस्रो लिङ्गी पनि पक्राउ परेका छन् । यसमा पनि १५ देखी २० वर्ष उमेर समूहका २१ जना पक्राउ परेका छन् । २० देखी ३० वर्ष उमेर समूहका ४० जना र ३० देखी४० वर्ष उमेर समूहका ५ जना पक्राउ परेका छन् ।