वाशिङटन डीसी । अमेरिकामा नोभेम्बरमा राष्ट्रपतिको निर्वाचन हुँदैछ । यस्तोमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले यस पटकको निर्वाचनमा आफूले जिते भने खर्बपति व्यापारी एलन मस्कलाई नीति सल्लाहकारमा नियुक्त गर्नेबारे विचार गरिरहेको खबर आएको छ ।वाल स्ट्रिट जर्नलमा छापिएको खबरका अनुसार यसबारे मस्क र ट्रम्पपछि छलफल पनि भइसकेको छ । यसअघि मस्कले बनाइडेनलाई समर्थन गर्ने अनुमान गरिएको थियो । तर मस्कले जो बनाइडेलाई समर्थन गरेका छैनन् ।अमेरिकाका शक्तिशाली उद्योगपतिहरूलाई जो बनाइडेलाई समर्थन नगर्न कसरी फकाउने भनेर पनि ट्रम्पसँगको कुराकानीमा मस्कले भनेको समाचारमा उल्लेख छ ।चुनावी अभियानमा मस्कले बाइडेन वा ट्रम्प कसैलाई पनि दान दिएका छैनन् । पछिल्ला केही वर्षयता मस्कले रिपब्लिकन पार्टीलाई समर्थन गरिरहेका छन् मस्कले आप्रवासन, विद्युतीय सवारी साधन र शुल्क लगायत विषयमा बाइडेनको खुलेर आलोचना गरिरहेका छन् । पछिल्लो समय मस्क र ट्रम्पबिच बारम्बार भेटघाट वा फोन वार्ता भइरहेको छ ।
