काठमाडौं । आजबाट सुरु भएको तेस्रो संस्करणको केपी ओली कप फुटबलको उद्घाटन खेलमा ब्ल्याक बुल्स एफसीलाई हराउँदै सशस्त्र प्रहरीको एपीएफले विजयी सुरुआत गरेको छ ।

एन्फा कम्प्लेस सातदोबाटोमा भएको खेलमा निर्धारित ९० मिनेट र त्यसपछि थपिएको ६ मिनेटमा पनि कुनै पनि गोल नभएपछि ट्राइबेकरबाट नतिजा निकालिएको थियो । ट्राइबेकरमा उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसीलाई ४-३ ले हराउँदै एपीएफ अर्को चरणमा पुगेको हो ।
नेपाल युवा संघले आयोजना गर्ने प्रतियोगितामा २ विदेशीसहित ९ टोलीको सहभागिता रहनेछ।
फागुन १२ र १३ गते समान २ खेल हुनेछन्। फागुन १२ गते त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लब बिच प्रतिष्पर्धा हुनेछ। त्यसै दिन आयोजक टोली केपी ओली एफसी र एनआरटीबिच खेल हुनेछ।
फागुन १३ गते संकटा र उद्घाटन खेलको विजेता एपीएफ तथा मच्छिन्द्र फुटबल क्लब र भुटानको एफसी ट्रान्सफर युनाइटेडबीच हुनेछ। सेमिफाइनल फागुन १६ र १७ गते तथा फाइनल १९ गते हुनेछ।
सेमिफाइनल र फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा तथा अन्य खेल सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा हुनेछ।
प्रतियोगिताका विजेताले १५ लाख ११ हजार ११ हजार १११ तथा उपविजेताले पाँच लाख रुपैयाँसहित ट्रफी पाउनेछन् । यस्तै प्रतियोगिताकै उत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले ५० हजार रुपैयाँ पाउनेछन् ।
मछिन्द्रले यसअघि भएको संस्कणको उपाधि जितेको थियो ।