काठमाडौं– नेपाली जुडो खेलाडी मनीता श्रेष्ठ प्रधान पेरिस ओलम्पिक २०२४ को प्रारम्भिक चरणबाटै बाहिरिएकी छन् । च्याम्प–डे–मार्स एरेना म्याट १ मा सोमबार उनले महिला ५७ केजीमुनिमा प्रतिस्पर्धा गरेकी थिइन् । तर, उनी सर्बियन खेलाडी मारिका पेरिसिकसँग पराजित हुँदै प्रारम्भिक चरणबाटै बाहिरिएकी हुन् । पेरिसिकले उनलाई एकै मिनेटमा पराजित गरेकी हुन् । योसँगै परेसिकले अन्तिम १६ मा स्थान पक्का गरेकी छन् ।

प्रकाशित :- २०८१ श्रावण १४, सोमबार १०:०३