काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को पोलिटब्युरो बैठक बसिरहेको छ ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज दिउँसो १ बजेबाट बैठक सुरू भएको हो ।

एमाले प्रचार विभागका सचिव गगन विष्टका अनुसार बैठकमा यही भदौ १३ गतेको सचिवालय बैठकमा प्रस्तुत गरिएको पार्टीको वार्षिक कार्ययोजनाको मस्यौदालाई सुझावसहित अन्तिम रूप दिइने छ । बैठक आज र भोलि दुई दिन बस्ने जनाइएको छ । एमालेमा ९५ जनाको पोलिटब्युरो रहेको छ ।
प्रकाशित :- २०८१ भाद्र १८, मंगलवार ०८:५९