काठमाडौं । काभा बिच भलिबल च्याम्पियनसिपमा महिलातर्फ नेपाली टोलीले लगातार दोस्रो जित हासिल गरेको छ । भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रंगशालामा भएको खेलमा नेपालले घरेलु टोलीलाई २-० सेटले हराएको हो । कमला पुन र मनिषा चौधरीको जोडीले भुटानी टोलीलाई पहिलो सेट २१-५ र दोस्रो सेट २१-४ ले हरायो । यसअघि पहिलो खेलमा नेपालले उज्वेकिस्तानलाई २० सेटले हराएको थियो ।

प्रकाशित :- २०८१ श्रावण १८, शुक्रबार ०९:५३