खगेन्द्र अबस्थि काठमाडौँ । पूर्व पश्चिम राजमार्गको छेउमै अवस्थित यो ताललाई पर्यटकीय तथा पौराणिक दृष्टीकोणबाट नेपालको एक प्रसिद्ध स्थलको रूपमा लिईएको छ । यो ताल समुन्द्र सतहदेखि २०५ मिटर उचाइमा रहेको छ । करिब ४ मिटर औसत गहिराइ भएको घोडाघोडी तालको क्षेत्रफल करिब १३८ हेक्टर छ । यो ताल १९ वटा औंला भएको हत्केला आकारको छ ।

धार्मिक तथा सांस्कृतिक महत्व
थारु समुदायको सघन वस्ती रहेको सुख्खड स्थित ताल क्षेत्रमा थारु समुदायको धार्मिक महत्व रहेको किंवदन्ती उल्लेख छ । घोडाघोडी ताल नजिकै रहेको मन्दिरले धार्मिक पर्यटनलाई महत्व दिएको पाईन्छ । घोडाघोडी तालको छेउमा भगवान शिवको मन्दिरका कारणले यो क्षेत्र धार्मिक दृष्टिले समेत आस्थाको केन्द्रका रूपमा रहेको छ । माघे सङ्क्रान्ति, शिवरात्री, मङ्सिर पञ्चमीका दिनमा यो क्षेत्रमा ठूला धार्मिक मेला समेत यहाँ धार्मिक पर्यटनको महत्व बढ्नु स्वभाविक हो । धार्मिक अनुष्ठानमा प्रयोगमा आउने रातो कलमको बासस्थानको संरक्षणका लागि स्थानीय बासिन्दासँग मिलेर ताल सरसफाई कार्यक्रम नियमित रूपमा हुँदै गरेको छ । प्रत्येक वर्ष मंसिर महिनाको विवाह पञ्चमीका दिन घोडाघोडी क्षेत्रका चौधरी जातिले तालको छेउमा रहेको घोडाघोडी देवताको पूजा गर्ने गर्दछन् । तालको दक्षिण किनार राजमार्ग छेउमा रहेको घोडाघोडी बाबाको मन्दिरमा परेवा, हाँस, बंगुर, कुखुरा आदिको बली पनि दिने गरिन्छ । थारु जातिको ल्वाङी पूजा, मोहत्याल पूजा गरेर बाबाको आशीर्वाद लिने गर्दछन । शिवरात्रि, माघेसंक्रान्ति र कृष्ण जन्माष्टमीका दिन घोडाघोडीमा मेला लाग्ने गर्दछ । आदिवासी थारु जाति प्रकृतिको रक्षक र परम मित्र हुन । थारुजातीको प्रकृतिसित जीवित सम्बन्ध रहेको छ । घोडाघोडीमा अर्को धार्मिक महत्वको स्थल सीताकुण्ड ताल क्षेत्र हो । घोडाघोडी तालको जलस्रोतको भण्डार भनेर सीताकुण्डलाई मानिन्छ ।
ऐतिहासिक तथा पौराणिक मान्यताहरु
किम्बदन्ती अनुसार प्राचिनकालमा यो स्थानमा एउटा सुन्दर गाँउ थियो । तर पछि एक रातभर परेको पानीले उक्त स्थानलाई तालमा परिणत गरायो । त्यसपछि त्यहाँका राजाले पहिला भाले र केही समय पछि पोथी घोडालाई त्यस क्षेत्रको अनुगमन गर्न पठाएछन् । तर दुबै घोडाहरू गन्तव्यमा नपुगि मरेछन । त्यसपछी ती राजाले उक्त स्थानमा कुनै दैवीशक्ति भएको बिचार गरी त्यस स्थानमा मन्दिर निर्माण गर्न लगाए । तिनै मृत घोडाघोडी सम्झनामा त्यो मन्दिर र ताललाई घोडाघोडी भन्न थालियो । घोडाघोडी तालको बारेमा अर्को प्रसंग पनि छ । सत्ययुगको अन्ततिर उछौ श्रावा नामको पाइनदार घोडामाथि तेजस्वी भाई रेवन्तक वैकुण्ठतिर आउँदै गरेको देखेर लक्ष्मी आसक्त भइछन् । विष्णु भगवानले त्यसलाई सहन गर्न नसकेर लक्ष्मीलाई मृत्युलोकमा गएर घोडीको भेषमा विचरण गर्नु भन्दै श्राप दिएछन् । लक्ष्मी घोडीको रुप धारण गरी यही घोडाघोडी वरपर विचरण गर्न थालिन् । केही समय पश्चात विष्णु भगवान लक्ष्मीलाई भेटन घोडाको भेष धारण गरी आए । दुवै यही घोडाघोडी ताल वरपर विचरण गरेको कथा पनि थारु जातीमा रहेको छ । परापूर्व कालमा त्यस क्षेत्रको मानव वस्तीमा राक्षसहरुले दुःख दिएको अवस्थामा हिन्दु धर्मका देवता भगवान विष्णुले घोडा र लक्ष्मी भगवानले घोडीको अवतार लिई राक्षसहरुको संहार गरी त्यस क्षेत्रमा वसोवास गर्ने थारु समुदायको रक्षा गरेको किंवदन्ती छ ।
नामाकरण
किम्बदन्ती अनुसार प्राचिनकालमा यो स्थानमा एउटा सुन्दर गाँउ थियो । तर पछि एक रातभर परेको पानीले उक्त स्थानलाई तालमा परिणत गरायो । त्यईपछि त्यहाँका राजाले पहिला भाले र केही समय पछि पोथी घोडालाई त्यस क्षेत्रको अनुगमन गर्न पठाएछन । तर दुबै घोडाहरू गन्तव्यमा नपुगि मरेछन । त्यसपछी ती राजाले उक्त स्थानमा कुनै दैवीशक्ति भयाको बिचार गरी त्यस स्थानमा मन्दिर निर्माण गर्न लगाए । तिनै मृत घोडाघोडी सम्झनामा त्यो मन्दिर र ताललाई घोडाघोडी भन्न थालियो
घोडाघोडी ताल क्षेत्र सम्पदा
स्थानीय नेटवर्कका अनुसार, २०५७ सालमा अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन) को अभिलेखमा १४० चरा रहेकोमा नेटवर्कले काम थालेपछि सन् २००९ मा २२६, सन् २०१४ मा २४८, सन् २०१९ मा २९९ र सन् २०२१ सम्म पुग्दा ३१९ प्रजातिका चरा घोडाघोडी ताल क्षेत्रमा पाइएका छन् ।
यस्तै, ताल क्षेत्रमा सङ्कटापन्न कछुवा, मगरगोही, बाघ, मृग र अन्य स्तनधारी जन्तु पाइन्छन् । ताल क्षेत्रमा ३० प्रजातिका माछा, ३४ प्रजातिका स्तनधारी, सात प्रजातिका सरिसृप र ३१९ प्रजातिका रैथाने र घुमन्ते (पाहुना) चरा पाइने जानकारी बृहत घोडाघोडी ताल तथा पर्यटन विकास बोर्डले दिएको छ । घोडाघोडीमा कमल, सुनाखरी, जङ्गली धानसहितका ६४७ प्रजातिका वनस्पति पनि पाइन्छन् । यी वनस्पति र वन्यजन्तुमध्ये कतिपय सङ्कटापन्न, दुर्लभ र आइयुसिएनको ‘रेड लिस्ट’ मा सूचीकृत छन् ।
थारु समुदाय
थारु समुदायको धार्मिक आस्थासँग जोडिएको घोडाघोडी सिमसार सम्वन्धि किम्बदन्ति पनि उत्तिकै रोचक छ । कुनै समय उक्त क्षेत्रमा ७ थरी थारुहरुको बसोबास रहेको थियो । एक समय यति धेरै पानी पर्योको एकै रातको पानिले उक्त पुरै गाउँ डुव्यो र सधाका लागि तालको रुपमा विकास भयो । गाउँ नै पुरै डुवानमा परेको देखरेर राजाले पहिला घोडा र पछि घोडीलाई उक्त क्षेत्रको अनुगमनका लागि पठाए र तर अनुगमनका क्रममा गएका घोडा र घोडी पुरै गाउँ डुल्नै सकेनन् र विचमा नै उनीहरुको देहान्त भयो । यसरी घोडा घोडिले नै गाँउ परिक्रमा गर्न नसकेपछि राजाले कुनै दैवीशक्ति भएको भन्दै उक्त स्थानमा मन्दिर निर्माण गरिदिए ।
डुङ्गा सयर गर्दै तालमा पाइने विभिन्न थरीका जलजर र थलचर प्राणीको अवलोकन, सुन्दर शान्त हरियाली वातावरणमा चराहरूको चिरबिर आवाजले मनै शान्त हुने यहाँ पुग्ने पर्यटकको अनुभव छ ।तालक्षेत्र अवलोकनका लागि तालको चारैतिर सुविधा सम्पन्न पदमार्ग निर्माणले झनै सहजता थपेको छ । तस्बिर र भिडियो बनाउने को हिजो आज तछाड मछाड नै हुन्छ । विशेष गरेर युवा पङ्क्ति टिकटक र फोटो, भिडियो बनाउन व्यस्त देखिन्छन् ।
तस्बिरमा हेर्नुहोस :
