काठमाडौं– मनाङको थोचे आसपासमा भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज विहान ३ बजेर ४७ मिनेट जाँदा मनाङको थोचे आसपास केन्द्रविन्दू भएर ४.२ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि भदौ १३ गते बझाङको मासदेव आसपास केन्द्रविन्दू भएर ४.३ रेक्टरस्केलको भूकम्प गएको थियो ।नेपाल हिमालय क्षेत्र भएको कारणले भूकम्पको जोखिमको क्षेत्रका रुपमा लिने गरिन्छ ।
प्रकाशित :- २०८१ भाद्र १५, शनिबार ०३:००