काठमाडौँ – सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समिति सभापति सूर्यबहादुर थापाले जेलमा भएका सहकारीका सञ्चालकहरुसँग पनि सोधपुछ गर्ने बताएका छन्।

बुधबार सहकारी पीडितहरुसँगको छलफलमा बौल्दै सभापति थापाले कानुनअनुसार जेलमा भएका सहकारी सञ्चालकहरुलाई पनि सोधपुछ गरी तथ्य प्रमाणहरु खोज्ने बताए।
उनले विदेशमा भएका सहकारी ठगहरुलाई नेपाल ल्याउन प्रधानमन्त्रीसँग माग गर्ने बताए। उनले सरकारले र संसदले गर्ने काम फरक हुने भन्दै सहकारी पीडितहरुलाई न्याय दिलाउने गरी काम गर्ने बताए।
उनले सरकारको तर्फबाट भएका लुप होलहरु पनि समितिले खोजिरहेको उल्लेख गरे। सहकारी क्षेत्रमा देखिएको सहकारी समस्या वास्तविक सहकारीको कारणले नभई सहकारीका माध्यमबाट बचतको अपचलन ठगि गर्ने नियतका साथ आएका केही सहकारीका कारणले समस्या आएको उनको भनाइ थियो।
उनले समितिले पनि यही कुरामा बढी केन्द्रित भएर आएका तथ्यहरु जुटाइरहेको बताए।