काठमाडौं। ललितपुर महानगरपालिका–५ कुमारीपाटीमा अरिंगालले टोक्दा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा सप्तरीको खडक नगरपालिका–३ घर भई काठमाडौं अनामनगर बस्दै आएका २४ वर्षीय तेजनारायण चौधरी छन् ।कुमारीपाटीमा रहेको युनाइटेड एकेडेमीमा रंग लगाउने क्रममा चौधरीलाई ८ असार दिउँसो साढे ५ बजेतिर अरिंगालले टोकेको थियो ।अरिंगालको टोकाइबाट घाइते भएका चौधरीलाई उनका दाइ हरिनारायणले उपचारका लागि काठमाडौंको मोडल अस्पताल पुर्याएका थिए ।उपचारकै क्रममा आज मंगलबार बिहान उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए ।शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।
