प्रधानमन्त्री नरेन्द्र माेदीले आफ्नाे तेस्राे कार्यकालका लागि आउँदाे शनिबार राष्ट्रपति द्राैपदी मुर्मूबाट शपथ लिने भएका छन्।५४३ सदस्यीय लाेकसभा निर्वाचनअन्तर्गत मंगलबारकाे मतगणनामा भारतीय जनता पार्टी (भाजपा) एक्लैले २४० स्थान सुरक्षित गरेपनि आफ्ना समर्थक दलहरूकाे सहयाेगमा नयाँ सरकार बन्न लागेकाे हाे।भारतमा सामान्य बहुमतका लागि २७२ सिट आवश्यक हुन्छ। भाजपा नेतृत्वकाे एनडिए गठबन्धनले भने बहुमत हासिल गरेकाे छ। साेही गठबन्धनकाे सहयाेगमा माेदी तेस्राे पटक प्रधानमन्त्रीकाे पदमा विराजमान हुन लागेका हुन्।एनडिए गठबन्धनले कुल २९३ स्थानमा विजय हासिल गरेकाे छ।कंग्रेसले भने २०१४ पछाडि गुमेकाे आफ्नाे शाखलाई फिर्ता लिँदै ९९ सिटमा विजय हासिल गरेकाे छ भने ऊ नेतृत्वकाे गठबन्धनले समग्र परिणाममध्ये २३२ सिट हात पारेकाे छ। जसले स्पष्ट रूपमा भारतीय संसदमा विपक्षी दलकाे उपस्थिति मजबुत बनाएकाे छ।यसअघि माेदीले बुधबार राष्ट्रपति कार्यालय पुगी आफ्नाे दाेस्राे कार्यकालबाट आफ्नाे राजीनामा बुझाएका थिए।
