काठमाडौँ- व्यवसायी दुर्गा प्रसाईंको झापा बिर्तामोडस्थित विएन्डसी मेडिकल कलेजले काठमाडौँ विश्वविश्वालयको सम्बन्धन पाएको छ।व्यवसायी दुर्गा प्रसाईंको काठमाडौं विश्वविद्यालयको सोमबार बसेको कार्यकारी परिषद्को बैठकले बिएन्डसी मेडिकल विश्वविद्यालयलाई पठाएको पत्रमा उल्लेख भएअनुसार उक्त कलेजको नाम विएन्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर हुनेछ।झापाको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्च अदालतले निर्देशनात्मक आदेश दिएको केही समयपछि काठमाडौँ विश्वविद्यालयले सम्बन्धन दिएको हो ।न्यायाधीश डा.कुमार चुडाल र सारंगा सुवेदीको संयुक्त इजलासले काठमाडौं विश्वविद्यालय काभ्रेपलाञ्चोक र चिकित्सा शिक्षा आयोग, भक्तपुरका नाममा परमादेश जारी गरेको थियो।गत चैत १२ गते भएको फैसलाको पूर्णपाठ केहिदिनअघि मात्रै सार्वजनिक भएको थियो। सर्वोच्चले १३ वर्षअघि सरकारबाट तोकिएको मापदण्डको पालना पनि गराउन आदेश दिएको थियो। २०६८ चैत २४ गते सरकारले मेडिकल कलेजको मापदण्ड र शर्त तोकेको थियो । यस्तै २०७३ मंसिरमा नेपाल मेडिकल काउन्सिलले गरेको स्थलगत निरिक्षण, काठमाडौं विश्वविद्यालयको निरिक्षण टोलीले तोकेको काम पुरा गर्न लगाउन पनि आदेश दिएको थियो।बिएण्डसीले २०७३ फागुन १५ गते काठमाडौं विश्वविद्यालयमा एमबीबीएस कार्यक्रम सञ्चालन तथा सम्बन्धन स्वीकृतिका लागि निवेदन पेश गरेको थियो । त्यसपछि चिकित्सा शिक्षा ऐन जारी भएपछि सम्बन्धनका लागि भन्दै २०७६ फागुनमा आयोगमा निवेदन दिएको थियो।आफूले सबै पूर्वाधार तयार गर्दा पनि सम्बन्धन नपाएको भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईले काठमाडौं विश्वविद्यालय, चिकित्सा शिक्षा आयोग लगायतका निकायलाई विपक्षी बनाई सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए। त्यही रिट निवेदनमा सुनुवाई गर्दै सर्वोच्च अदालतले आदेश जारी गरेको थियो।

काठमाडौँ विश्वविद्यालयले पठाएको विज्ञप्ति: