काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आजदेखि विश्वकप खेल्न लागेको नेपाली क्रिकेट टोलीलाई उच्च मनोबलका साथ खेल्न शुभकामना दिएका छन् ।

राष्ट्रपति पौडेलले अमेरिकामा रहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रतिनिधिमण्डलका सदस्यलाई टेलिफोन गरेर उच्च मनोबलका साथ प्रतियोगितामा सहभागी हुन शुभकामना दिएका हुन् । आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले आज बेलुका नेदरल्याण्ड्सविरुद्ध खेल्दैछ ।
सम्पूर्ण नेपाली क्रिकेट टोलीका साथमा रहेको भन्दै उच्च मनोबलका साथ मैदानमा उत्रिएर सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरेको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ ।