काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२४ सुरु भएको छ । उद्धाटन खेलमा आयोजक अमेरिकाले क्यानडालाई सात विकेटले पराजित गरेको छ ।विश्वकप २०२४ को पहिलो खेलमा चार अर्धशतक बनेको छ । क्यानडाका नवनीत धालीवाल र निकोलश किरतोन तथा अमेरिकाका एन्ड्रिज गोज र एरोन जोन्सले अर्धशतक प्रहार गरेका हुन् ।अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङको निम्तो पाएको क्यानडाले पहिलो इनिङ्समा निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १९४ रन बनाएको थियो । यससँगै अमेरिकाले जितका लागि १९५ रनको लक्ष्य पछ्याएको हो । जसमा अमेरिकाले १७.४ ओभरमा ३ विकेट गुमाउँदै १८७ रन बनाएर लक्ष्य पूरा गरेको हो ।क्यानडाका लागि नवनीत धालिवालले ४४ बलको सामना गर्दै ६१ रन बनाउँदा ३१ बल सामना गरेका निकोलश किरतोनले ५१ रन जोडे । त्यस्तै एरोन जोनशनले १६ बल सामना गर्दै २३ रन जोड्दा १६ बल सामना गरेका श्रेयस मोब्बाले ३२ रन जोडे । परगत सिंहले ७ बलमा ५ रन जोडे भने दिलप्रित बाजवाले ५ बलमा ११ रन जो८ । त्यस्तै डिलोन हेलिङ्गरले १ बलमा १ रन जोडे ।बलिङतर्फ अमेरिकाका अली खानले ४ ओभर बलिङ गर्दै ४१ रन दिएर १ विकेट लिए । ४ ओभर नै बलिङ गरेका हरमीत सिंहले २७ रन खर्चिएर १ विकेट लिए । त्यस्तै कोरी एन्डरशनले ३ ओभर बलिङ गर्दै २९ रन दिएर १ विकेट लिए । २ ओभर बलिङ गरेका सौरभ नेट्रभल्करले २ ओभरमा १६ रन दिए पनि विकेट लिन सकेनन् । त्यस्तै जसदीप सिंह, साडली भान सचलाकवेक र स्टिभन टेलरले कुनै विकेट लिन सकेनन् ।जवाफी ब्याटिङमा उत्रिएको अमेरिकाले शून्य रनमै विकेट गुमाउनुपरेको थियो । २ बलको सामना गरेका स्टिभन टेलर शून्य रनमा आउट भए । त्यस्तै १६ बल सामना गरेका मोनाक पटेल १६ रन जोड्दै आउट भएपछि अमेरिका केही दबाबमा देखिएको थियो ।तर, एन्ड्रिज गोजले ४६ बलमा ६५ रन तथा एरोन जोन्सले ४० बलमा नटआउट ९४ रन जोड्दै क्यानडाविरुद्ध जिततर्फ अग्रसर बनाए । त्यस्तै कोरी एन्डरशनले ५ बलमा ३ रन बनाए ।
