काठमाडौँ । हङकङबाट ल्याएको ६० किलो सुन तस्करीमा संलग्न आरोपीको साथमा पेस्तोल भेटिएको छ । सुन तस्करीबारे दोस्रो चरणको अनुसन्धानको क्रममा सीआईबीले चिनको छेन्दु घर भएका कङ्का चासीलाई केही दिनअघि नियन्त्रणमा लिएको थियो ।तस्करीको दुनियाँमा राजु भोटे र टासी नामबाट परिचित उनको साथबाट पेस्तोल बरामद गरिएको सीआईबीका एक जना अधिकृतले बताए । उनको साथबाट अनुसन्धान अधिकृतहरूले ६ दशमलव ३५ एमएमको माउजर बरामद गरेका छन् ।राजु भोटेसहित १८ जनालाई सीआईबीले दोस्रो चरणको अनुसन्धानको क्रममा नियन्त्रणमा लिएको छ ।

प्रकाशित :- २०८१ असार ३, सोमबार ११:२२