काठमाडौँ । सरकारले शिक्षकको दरबन्दी मिलान गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै शिक्षकको दरबन्दी मिलान गरिने बताएका हुन् । स्थानीय तहसँगको समन्वयमा शिक्षक दरबन्दी मिलान तथा तहगत समायोजन गरिने बताएका हुन् । विद्यार्थी सङ्ख्यालाई आधार मानेर सबै विद्यालयको नक्साङ्कन गरिने मन्त्री पुनले बताए । हाल शिक्षक दरबन्दी मिलान नहुँदा शिक्षकहरू मर्कामा पर्दै आएका छन् । स्थानीय तहसँगको समन्वयमा उनीहरूको मिलान तथा तहगत समायोजन गरिने भएको हो ।

प्रकाशित :- २०८१ जेष्ठ १५, मंगलवार १०:५३