काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको मूल्य तोलामा १ लाख ५० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
साथै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर मूल्य प्रतितोला १ हजार ८१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित :- २०८१ पुष १२, शुक्रबार ०६:४७