काठमान्डौ / चैत्र २ : कैलालीको घोडाघोडी नगरपालिका-१० पहलमानपुरमा रहेको कलम बम मेमोरियल इङ्ग्लिस स्कुल पहलमानपुरले आफ्नो ३३ औ बार्षिकउत्सवको अवसरमा सफल अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

कैलालीको मध्यवर्ती क्षेत्रमा लामो समयदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको बिधालयले बार्षिकउत्सवको अवसरमा पहिले पहिले बिभिन्न सांस्कृतिक कार्यक्रमहरु गरेर मनाउदै आएकोमा यसपाली फरक किसिमको कार्यक्रम गरेर मनाइएको बिधालयका संस्थापक प्रीन्सिपल युवराज बमले बताउनुभयो ।
बिद्यार्थीलाइ बिधालय पठाएर मात्रै अभिभावकको दायित्व पुरा नहुने र बिधालयमा उपस्थित भएर मात्रै बिद्यार्थी शिक्षित नहुने सन्देश बिधार्थि र अभिभावकलाइ संगै राखेर दिइएको शैक्षिक अभियान्ता तथा अभिमुखीकरण कार्यक्रमका प्रशिक्षक क्षेत्र प्रसाद ज्ञवालीले बताउनुभयो ।
अभिमुखीकरण कार्यक्रममा सहभागी अभिभावकहरुले अभिमुखीकरण कार्यक्रम निकै प्रभावकारी भएको बताएका छ्न। आफुहरुले आफ्ना सन्तानलाइ बिधालय पठाएर मात्रै नभइ उनिहरुले लिइरहेको शिक्षा,उनिहरुको बानी ब्यवहार तथा दैनीकि क्रीयाकलापमा समेत ध्यान दिन आवश्यक रहेको महसुस गराएको बताए ।