काठमाडौं । चर्चित युवा कमेडियन पवन खतिवडा (म्याकुरी) कि पूर्वपत्नी सुम्निमा खालिङ सडकमा अलपत्र अवस्थामा भेटिएकी छन् । कपनको पहेँलो पुल छेउमा उनलाई बेहोस भएर लडिरहेको स्थितिमा स्थानीयले देखेका थिए ।

सुम्निमाले नशालु पदार्थ सेवन गरेर बेहोस भएको अनुमान गरिए पनि आधिकारिकरूपमा थाहा भएको छैन । म्याकुरीसित डिभोर्सपछि उनी काठमाडौंमा फ्ल्याट लिएर आमा र बहिनीसित बस्दै आएकी थिइन् । यसअघि पनि उनी मदिरा सेवन सेवन गरेर सडकमा भौतारिने गरेको बुझिएको छ ।
कपनमा पसल गर्दै आएकी एक स्थानीय महिलाले बिहान ७ बजेबीच बाटोमा लडिरहेको अवस्थामा आफूले देखेको बताइन् ।घटनास्थलमा पुगेका युट्यूवरहरूलाई उनले भनिन्, ‘उहाँ बेहोस भएर लडिराख्नुभएको थियो । को हुनुहुन्छ भन्ने मैले चिनिनँ । अर्को दिदीले म्याकुरीको श्रीमती हो भन्नुभयो । यसपछि मैले शर्मिला (वाइवा) दिदी लाई खबर गरेँ ।’
महिलाले बेहोस अवस्थामा लडिरहेको फोटो शर्मिला वाइवालाई फेसबुकमा पठाएकी थिइन् । उनले म्याकुरीलाई पनि फोन गरिन् । म्याकुरी कमेडी दरवारको सुटिङमा थिए । म्याकुरीले फोन रिसिभ गरे पनि श्रीमतीको कुरा भन्नासाथ फोन काटेको महिलाले बताएकी छन् ।
म्याकुरीले रेस्पोन्स नगरेपछि महिलाले फेरि वाइवालाई फोन गरिन् । वाइबा केही युट्यूवर बटुलेर घटनास्थलमा आइन् । महानगर प्रहरी पनि आइपुग्यो । प्रहरीले कागतीपानी पिलाएर उनलाई होसमा ल्याए । होसमा आएपछि उनले आफू म्याकुरीसँग वडा कार्यालयमा कागज गरेर अलग भएको बताएकी छन् ।
प्रहरीले सुम्निमालाई उद्दार गरेर लैजाने तयारी गरे तापनि केहीबेरमा उनका एक आफन्त आइपुगेका थिए । त्यसपछि आफन्तले उनलाई जिम्मा लिए ।
निकटस्थका अनुसार लामो समयदेखि सुम्निमा मदिराको कुलतमा छिन् । उनी पटक-पटक सडकमा बेहोस अवस्थामा भेटिने गरेको बताइएको छ । पटक-पटक म्याकुरीलाई उनको नाम लिएर फोन आउने गरेको छ ।
सुम्निमा मानसिक समस्याबाट पनि पीडित छिन् । उनले लामो समयदेखि एन्जाइटी र डिप्रेसनको औषधि खाने गरेकी थिइन् । विवाहपछि म्याकुरीले उनको स्वास्थोपचार र कुलतबाट छुटाउनका लागि भरमग्दुर प्रयास गरेका थिए । केही समय पत्नीलाई रिह्याभमा समेत लगेर राखेका थिए । तर, अहिलेसम्म पनि सुम्निमाको कुलत छुटेको छैन । मदिरा सेवन गर्न नपाए उनी औषधिको ओभरडोज खाइदिन्छिन् ।
नशाको अवस्थामा सुम्निमाले उग्र व्यवहार देखाउने गरेकी थिइन् । उनी जोकसैलाई हात हाल्न बाँकी राख्दिनन् । म्याकुरीले पत्नीको हातबाट बारम्बार कुटाइ खाने गरेका थिए । यो विषयलाई उनी अहिले आफ्नो ‘कमेडी कन्टेन्ट’ बनाइराखेका हुन्छ्न् ।
म्याकुरी र सुम्निमाको दाम्पत्य सम्बन्ध गत वर्ष टुटेको हो । २०७८ साल असोज २८ गते उनीहरुले परम्परागतरुपमा विवाह गरे तापनि विवाह दर्ता गरेका थिएनन् । भारतको सिक्किम निवासी सुम्निमासँग नेपाली कागजात केही पनि नभएकाले विवाह दर्ता हुन नसकेको हो । विवाह दर्ताको अभावमा अदालति डिभोर्स हुन सकेन । त्यसपछि उनीहरुले म्याकुरीको गृहजिल्ला धनकुटाको स्थानीय वडामा गएर एक-अर्कासँग छुट्टिने सहमति गरेका थिए । सुम्निमाले मागेको रकम म्याकुरीले दिएपछि सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।
सम्बन्ध तोडिएपछि म्याकुरी र सुम्निमा आआफ्नो बाटो लागे । यद्यपि, सामाजिक सञ्जालमा उनीहरूले एकअर्कालाई ब्लक गरेका थिएनन् । यदाकदा गफ पनि हुन्थ्यो । सुम्निमाले आफ्नो दिदीको सिक्किममा निधन भएको खबर म्याकुरीलाई सुनाएकी थिइन् । उनले आफूलाई सिक्किम जान आर्थिक अभाव भएको बताएपछि म्याकुरीले केही पैसा दिएका थिए ।
वडा कार्यालयमा कागज गरेपछि सुम्निमाले म्याकुरीसित अरु थप डिमान्ड केही पनि गरेकी छैनन् । प्रतिभाशाली कमेडियन म्याकुरी आफ्नो करिअरमै फोकस्ड छन् । अहिलेको चर्चित टिभी रियालिटी शो ‘कमेडी दरबार’ मार्फत उनी दर्शक हँसाइरहेका छन् । म्याकुरीले सुम्निमालाई पनि कलाकारितामा ल्याउन खोजेका थिए ।
म्याकुरीले निर्देशन गरेका कमेडी सिरियलमा सुम्निमाले अभिनय गरेकी थिइन् । तर, म्याकुरीसित अलग भएपछि सुम्निमाको कलाकारिता अगाडि बढ्न सकेन । उनले अन्यत्र अवसर पाइनन् ।