काठमाडौं, ८ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मायोवादी जनयुद्धमा तीन सन्तान गुमाएका आमा बाबुसँग भेट गरेका छन् ।

आज गोरखाको गोरखा नगरपालिका १४ गोप्लिङस्थित एकै घरबाट तीन जना सहिद भएका नहर्की परिवारसँग प्रचण्डले भेट गरेका हुन् ।
प्रचण्डले गोरखा नगरपालिका वडा नम्बर १४ गोप्लिङ निवासी सहिदहरुका बाबु नरबहादुर नहर्की र लक्ष्मी नहर्कीसहित परिवारसँग भेट गरेका थिए ।
नहर्कीका छोरा गुप्तबहादुर नहर्की ‘ज्वाला’ २०५५ पुस १३ गते गोरखाको केराबारीमा, छोरीहरु सरस्वती नहर्की ‘विपना’ २०५६ वैशाख ८ गते गोरखाको बाक्राङ र कल्पना नहर्की ‘नमूना’ले २०५८ असार २३ गते लमजुङ बिचौरमा सहादत प्राप्त गरेका थिए ।