काठमाडौं । गायिका समीक्षा अधिकारीले समयमा उडान नहुँदा आफूले कार्यक्रम छुटाउनुपरेको भन्दै गुनासो गरेकी छिन् । उनले आइतबार सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘मौसम खराबीले उडान प्रभावित हुनु त स्वाभाविकै हो तर एयरपोर्ट खुलिसक्दा पनि बिहान ८ बजेको प्लेन अब दिउँसो २ बजे मात्रै उड्छ भन्दै श्री एयरलायन्सले यात्रुलाई एयरपोर्टमै अलपत्र पारेको छ । अन्य एयरलायन्सले धमाधम प्लेन उडाइरहेका छन् ।’

उनले अगाडि थपेकी छिन्, ‘केही दिनअघि पनि मैले यही एयरलायन्सबाट धोका पाएपछि नेपालगञ्जको कार्यक्रम नै छुटाउनुपरेको थियो । आज पनि म बिहानैदेखि काठमाडौं एयरपोर्टमै छु । श्री एयरलायन्सबाट धोका पाउने म पहिलो पात्र पक्कै होइन । यस्तो घटना कि त अन्य एयरलायन्ससँग कमिसन खाने कर्मचारीले घटाउँछन्, कि त यो एयरलायन्स नै काम छैन ।’