सुखड । कैलालीको घोडाघोडी नगरपालिकाको बेरुजु निरन्तर उकालो लागेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७९/२०८० सम्म आइपुग्दा घोडाघोडीको बेरुजु ४६ करोड ५८ लाख ६२ हजार रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७९/२०८० मात्रै २ करोड ९८ लाख ९० हजार बेरुजु देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ । बेरुजु रकममध्ये असुल गर्नुपर्ने, नियमित गर्नुपर्ने, प्रमाण कागजात पेस गर्नुपर्ने र पेस्की लगायतको शीर्षकमा बेरुजु देखिएको छ । गत आर्थिक वर्षको बेरुजु रकममध्ये ६५ लाख ५१ हजार असुल गर्नुपर्ने देखिन्छ । ९६ लाख २१ हजार रुपैयाँ बराबरको बेरुजुको प्रमाण कागजात पेस गर्नुपर्ने महालेखाले उल्लेख गरेको छ । नियमित गर्नुपर्ने बेरुजुमा १ करोड ३३ लाख ४३ हजार छ ।
