अमीर के.सी,काठमाडौ :-निशान एस के को निर्देशन र कोरियोग्राफीमा बनेको नयाँ म्युजिक भिडियो “माया मनै भरी छ” माघ १ गते विष्णु लौडारी सुपेनको युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ। गीतले मायाको भावनालाई सरल तर प्रभावशाली रूपमा प्रस्तुत गरेको छ।

भिडियोमा विष्णु लौडारी सुपेन र रितिका पाण्डेले मुख्य भूमिका निभाएका छन्। उनीहरूको उत्कृष्ट अभिनयले गीतलाई जीवन्त बनाएको छ। गीतमा नबिन शर्मा र सुनिता बुढा क्षेत्रीको स्वरले भावनात्मक गहिराइ थपेको छ, जसलाई नयन शर्माको शब्द र संगीतले थप आकर्षक बनाएको छ।
गीतको छायांकन दीपक गिरीले गरेका हुन् भने सम्पादन पदम सुवेदीले गरेका छन्। रोजिना श्रेष्ठले गरेको मेक अप संयोजनले भिडियोको दृश्यलाई अझ कलात्मक बनाएको छ।
सार्वजनिक भएसँगै गीतले युट्युबमा राम्रो भ्यूज र सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ। “माया मनै भरी छ” ले दर्शक र श्रोताहरूको मन छुन सफल भएको छ र यो गीतले मायाका विभिन्न पक्षलाई सरल तर गहिरो रूपमा प्रस्तुत गरेको छ।