कञ्चनपुर । कञ्चनपुरका विभिन्न स्थानबाट ६ लाख बढीका अवैध सामान बरामद गरिएको छ।

जिल्लाको भिमदत्त नगरपालिका– १० बिद्युत कार्यालय, बेलौरी नगरपालिका– १० सडकघाट, पुनर्वास नगरपालिका– ११ डोकेबजार र दोधारा चाँदनी नगरपालिका– १० बाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका सामान बरामद गरिएको हो ।
करिब ६ लाख, १८ हजार, ९ सय मुल्य बराबरको काजु, बदाम, छोहारा, किसमिस, कोरा कपडा, अन्डरवेयर, सुट, थान कपडा, कुर्ती, स्प्रिङ स्टिल बैर, स्प्रे, सिल्भरतार, हाडबेयरको सामान, किरानाको सामान,कस्मेटिकको सामान, स्टेस्नरीको सामान पेय पदार्थ, प्लाष्टिक कुर्सि, माछा र मोटरसाईकल थान–१ बरामद गरिएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उक्त सामान नियन्त्रणमा लिएको हो।