मिन बहादुर खड्का काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सेटिङ मिलाउनका लागि बालुवाटारमा शिर्ष नेताहरुको बैठक बसिरहेको आरोप लगाएका छन् । शाहीले बालुवाटारमा शिर्ष नेताहरुको बैठक सुरु भए लगत्तै सोमबार आफ्नो सामाजिक सञ्जाल फेसवुकमा एक स्टार्टस लेख्दै यस्तो आरोप लगाएका हुन् ।

एकले अर्काको काण्डलाई ढाकछोप गर्नका लागि छलफल भैरहेको शाहीको भनाई छ । एक दलले अर्को दलको नेता मुछिएको भ्रष्टाचार काण्डमा सघाएमा अर्को दल चुप लाग्नेछन् शाहीले उल्लेख गरेका छन् । सेटिङ्को भरमा चलेको देशमा यो कुनै नौलो कुरा भने नभएको पनि शाहीले प्रष्ट पारेका छन् । एकले (अर्कालाई बचाउन र एक (अर्काको काण्ड सेटिङ मिलाउन बालुवाटारमा छलफल जारी रहेको शाहीले उल्लेख गरेका छन् ।
शाही लेख्छन्, सहकारीमा काण्ड चुप भएपछी टीकापुर जग्गा काण्डमा मुद्दा नचलाउने, पासपोर्ट काण्डमा चुप भएपछी टेराम्याक्समा काण्डमामुद्दा नचलाउने, , गिरि (बन्धुमा काण्डमा चुप भएपछि वाइडबडिमा काण्डमा मुद्धा नचलाउने र क्याट्न्मेट घोटालामा चुप भएपछि नक्कली भुटानी शरणार्थी प्रकरणमा मुद्दा नचलाउने कठै बरा सेटिङमा चलेको मेरो देश,शाहीले यो देश यसरी नै सेटिङको भरमा चलेकै कारण देशमा भ्रष्टाचार मौलाउदै गएको व्यङ्ग्य गरेका छन् । सबै आफु मुछिएका काण्ड ढाकछोप गर्न सक्रिय रहेको कुरा शाहीले प्रष्त्याउन खोजेका छन् ।
सहकारीको रकम अपचलन, हिनामिना र अनियमितताका सन्दर्भमा संसदीय छानबिन समिति गठनको कार्यादेश र क्षेत्राधिकारमा सहमति जुटाउन शीर्ष नेतासहित कार्यदल सदस्यको संयुक्त बैठक अहिले जारी छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार सुरु भएको हो । बैठकमा प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत कांग्रेसका शीर्ष नेता सहभागी छन् । त्यसका अलावा रास्वपा सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि बालुवाटार सहभागी छन् । शीर्षसहित कार्यदलका सदस्य बसेर छानबिन समितिको कार्यादेशमा रहेका विमतिलाई सहमतिमा लैजाने नेताहरूको विश्वास छ । तर सांसद शाहीले भनेर यो एक अर्काको काण्ड ढाकछोप गर्न बसेको बैठक भनेका छन् ।