काठमाडौं, ३ भदौ । संविधान दिवसको खुसियालीमा नागरिकस्तरबाट काठमाडौँको दरबारमार्गमा आयोजित ‘नेशनल डे कन्सर्ट’ सुरु भएको छ । २०७२ सालमा आजकै दिन संविधान सभाबाट नेपालको संविधान जारी भएको थियो । संविधान जारी भएको खुसियालीमा प्रत्येक वर्ष असोज ३ गते संविधान दिवस मनाइँदै आएको छ ।

आज विभिन्न संघ÷संस्था र सरकारी निकायहरुले विविध कार्यक्रम गरी संविधान दिवस मनाएका छन् । नेशनल डे कन्सर्ट’ मा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने बताइएको छ । कार्यक्रममा सहभागीहरुको भीड उत्साहजनक रहेको छ । कार्यक्रमस्थलमा कलाकारहरुले आफ्नो प्रस्तुति दिन सुरु गरेका छन् । सहभागीहरुले राष्ट्रिय झण्डा हल्लाएर हौसल्ला दिइरहेका छन् ।

























