अमीर के.सी,काठमाडौ :-नेपाली चलचित्र क्षेत्र र मञ्चमा आफ्नो अद्वितीय प्रतिभाले सम्भावनाको नयाँ ढोका खोलिरहेकी ललितपुरकी मिसेल घिमिरे अहिले उदाउँदो नायिकाको रूपमा चर्चामा छिन्।

म्युजिक भिडियोबाट सुरुवात:-
विभिन्न म्युजिक भिडियोहरूमा कला प्रदर्शन गरेर चर्चा कमाएकी मिसेलले आफ्नो अभिनयलाई थप निखार्न मण्डला थिएटरमा अभिनय र नृत्यकला सिकिन्। उनी यस क्रममा धेरै वटा नाटकहरूमा अभिनय गर्दै दर्शकहरूको मन जित्न सफल भइन्।
चलचित्र क्षेत्रमा प्रवेश:-
हालै मात्र उनले नेपाली चलचित्र नरसिंहा मार्फत चलचित्र क्षेत्रमा डेब्यु गरेकी छिन्। यस फिल्ममा उनले ७ वर्ष पछि कमब्याक गरेका आदरणीय महानायक राजेश हमाल एवं अनुभवी कलाकारहरूसँग सहकार्य गर्ने सुनौलो अवसर प्राप्त गरिन्। मिसेलको यो कदमलाई नेपाली चलचित्र उद्योगले भविष्यका लागि सकारात्मक संकेतको रूपमा हेरिरहेको छ।
मिसेलले चर्चित डान्स समूह कार्टुन क्रुको आगामी वेब सिरिज The Last Trip मा पनि आफ्नो अभिनय प्रस्तुत गरेकी छिन्। क्रीसमसको अवसरमा सिरिजको टिजर रिलिज भएको छ।
भविष्यका योजना:-
हाम्रो अनलाइनसँगको कुराकानीमा उनले धेरै नयाँ प्रोजेक्टको प्रस्ताव आएको बताइन्। “म स्क्रिप्ट हेरेर चित्त बुझ्दो रोल छ भने मात्र काम गर्छु। सानो भूमिकामा भए पनि अभिनयले न्याय गर्न सक्ने भए नायिकामा मात्र सिमित रहन्न,” उनले भनिन्। मिसेल आफ्नो अभिनयलाई भूमिकाको आकारभन्दा धेरै महत्व दिन्छिन्।
प्रतिभा र लगनशीलताको मिसाल:-
चलचित्र, नाटक र डिजिटल माध्यममा मिसेलको सक्रियता र लगनशीलता नेपाली मनोरञ्जन उद्योगका लागि उदाहरणीय छ। उनी आफ्नो कला र भूमिकालाई न्याय गर्ने सोचका साथ नेपाली चलचित्र उद्योगमा प्रबल संभावना बोकेर उदाउँदै छिन्।
घिमिरेको यात्रा नेपाली चलचित्र उद्योगका लागि नयाँ सम्भावना हो। अभिनय र कलाप्रति उनको लगावले उनलाई अझ उच्च स्थानमा पुर्याउने विश्वास गर्न सकिन्छ। उनिलाई हाम्रो टिम बाट भविस्यको उत्तरोत्तर प्रगतिको शुभकामना !