काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्र पाण्डेले अदालतले राज्य चलाउन थालेको टिप्पणी गरेका छन् । सोमबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले अदालतले आफ्नो सीमा बुझेर काम गर्नुपर्ने पनि बताए ।‘सरकारले बनाउने मापदण्ड अब अदालतले बनाउन थाल्यो । अब अदालत राज्य चलाउन थाल्यो । यो उचित भएन । अदालतले आफ्नो सीमा बुझेर काम गर्न जरुरी छ,’ उनले भने ।

सांसद पाण्डेले उपत्यकाको खोला आसपास थप २०–२० मिटर खाली गर्नुपर्ने आदेश कार्यान्वयन गराउँदा स्कुल, मन्दिर पनि भत्काउनुपर्ने अवस्था आएको बताए । अदालतले मुआब्जा दिनु भने पनि कहाँको रकमले दिने भनि प्रश्न सोध्दै अदालतको फैसलाविरुद्ध पुनरावलोकनमा जान सरकारलाई आग्रह गरे ।