काठमाडौं । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा कार्यरत लेखा अधिकृत अमृता कोइराला घुससहित पक्राउ परेकी छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीलाई उनलाई डेढ लाख नगद र साढे ४ लाख रुपैयाँको चेकसहित नियन्त्रणमा लिएको हो ।अख्तियारका अनुसार औषधी आपूर्तिको बिल भुक्तानी दिएबापत उनले घुस मागेकी थिइन् । आइतबार अख्तियारले नियन्त्रणमा लिएर अहिले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित :- २०८१ श्रावण ७, सोमबार ०७:०५