मिन बहादुर खड्का काठमाडौं :भारतको बिहार राज्यको गया स्थित Western fashion कम्पनीले जागीर दिने भन्दै नेपालीलाई बोलाएर ठगी गर्दै आएको भेटिएको छ । जुन ठगी कार्यमा नेपालका बिभिन्न जिल्लाका नेपाली नागरिक नै छन् । नेपाल आर्मी, नेपाल प्रहरी, निजामती कर्मचारीबाट अवकाश भैसकेका व्यक्तिहरु समेत यो ठगी कार्यमा संलग्न छन् ।एक जनालाई कामका लागि कम्पनी सम्म लिए वाफत दुई लाख जम्मा गर्न लगाई एक जना बाट २४ हजार ८ सय त्यहाँ सम्म पुर्याउने व्यक्तिले कमिसन लिने गरेको म आफैले भोगेको कुरा अबको क्रममा

बिश्वास गरेकै व्यक्तिबाट यसरी हुन्छ कुठाराघात ; कसरी ठगिदैछन् नेपालीबाट नेपाली?
जिन्दगीमा मैले कहिँले कल्पना गरेको थिएन की मैले वर्षौं देखी चिनेको र संगत गरेको अनि दाई भनेर सम्मान गरेको व्यक्तिबाट यति धेरै कुठाराघात होला भनेर तर पैसाले आफन्त साथी भाई नत अरु कोही सायद त्यहीँ पैसा कमाई हुने भएर होला मैले धेरै वर्ष अगाडी चिनेको, धेरै बिश्वास गरेको अनि दाई भनेर सधैं सम्मान गरेको व्यक्ति दाई राजेन्द्र रोकायाले मलाई राम्रो काम छ ! आउ भनेर भारतको बिहार राज्यको गया स्थित बाइपास भन्ने ठाउँमा पुर्याएर मलाई दिनासम्म सास्ती दियो ।
सास्ती दिने अरु थिए तर पैसाका लागि त्यहाँ सम्म लग्ने व्यक्ति मलाई त्यहीँ जसलाई मैले दाई सम्झेर बिश्वास गरे। उसो त मलाई सानैदेखि लाग्थ्यो म रोजगारीका लागि देश बाहिर कहिँले जाँदैन भनेर जाँन मन पनि कहाँ थियो र ? धेरै पछि करिब २ हप्ता अघि काठमाडौंमा भेट भयो। सामान्य कुराकानी भयो। उहाँले भन्नुभयो “मैले त अहिले राम्रो काम पाएको छु! अहिले म बिरगंज भन्दा अली अगाडी काम गर्छु सिमाना भारतको हो। तर काम नेपाली हो। काम गर्ने सबै नेपाली हुन् । साताको तीन दिन कार्यक्रम चल्छ । त्यो कार्यक्रममा सञ्चालकको काम गर्छु”
जवाफमा मैले भने, “हो र दाई त्यसो भए त राम्रो रैछ त! म त त्यहीँ काम गरिराछु, खान बस्नै समस्या छ यता” उहाँले संग लामो कुराकानी गर्ने भन्दै हुनुहुन्थ्यो। तर मैले समय छैन भने त्यसो भए अर्को पटक भेट्ने भन्दै उहाँ र म छुट्टीयौँ । त्यसपछि उहाँले मलाई बारम्बार भेट्न खोज्नुभएको थियो कुराकानी गर्न खोज्नुभएको थियो ।
तर मैले व्यस्तता देखाउदै तारे किनकी उहाँले मलाई पनि जानुपर्छ भनेर भन्नुभएको थियो । तर मैले जाने मनस्थिति बनाएको थिएन । हुन त म नी केही समयलाई राम्रो कमाई भएपछि काम गर्ने सोचमा थिए । तर भारतको सिमाना भनेपछि मैले कुरा अगाडी बढाउन नी चाहेन तर उहाँले बारम्बार मलाई फोन म्यासेज गरेको गरेई गर्नुभयो। अनि मैले फोन रिसिभ गरे कुराकानी भयो! अनि मलाई भन्नुभयो ” ३२ हजार भारु सुरुमै स्यालरी हुन्छ, कार्यक्रम चलायो भने महिनाको १५ /१६ हजार अरु नी कमाउन सकिन्छ, सबै नेपाली छन्, अरु केही गर्नुपर्दैन, हप्ताको तीन दिन मात्रै हो कार्यक्रम हुने, बिरगंजबाट अलि अगाडि हो, धेरै टाढा छैन, जाने हो भने भोली बिहानै बिरगंज आउँ, काम चित्त बुझेन भने म भाडा सहित हालेर पठाईदिन्छु,”
यी हुन् राजेन्द्र रोकाया :
कुरा सुन्दा मनमा अनेकौं प्रश्नहरु नउठेका होइनन् तर आवश्यक पैसाको थियो । घरमा ऋण छ, काठमाडौंको बसाईले खान बस्नै चलाउन मुस्किल केही समय बाहिर बसेर थोरै पैसा कामाउन सके ठिकै हुन्छ भन्ने योजना सहित म पछिल्लो बिहान आइतबार काठमाडौंबाट हिँडे ।
दिउँसो तीन बजे Birjung पुगे। त्यहाँबाट राती हामी करिब ९ बजेको गाडीमा काम गर्ने ठाउँका लागि हिड्यौँ । २/३ घण्टा मात्रै लाग्छ भनेको थियो तर पछिल्लो बिहान करिब १० बजे पुर्यायो। खास उहाँले मलाई बिरगंज भन्दा अली अगाडी भनेपनि मलाई लिन खोजेको भारतको बिहारको गया भन्ने ठाउँमा रहेछ । त्यहाँ पुगेपछि त्यो दिननै फर्म भरियो ।
के पढाउन्छन् ६ दिन सम्म ? जागीर भनेर यसरी गराउन्छन् व्यापार :
१८ हजार फर्म भर्न शुल्क लाग्यो । ७ दिनसम्म कलास हुन्छ, सिक्नुपर्ने हुन्छ, अनि मात्रै काम सुरु हुन्छ भने घर देखी त्यति टाढा काम गर्छु भनेर गएको मान्छे त्यत्तिकै फर्किन भन्दा २/४ महिना काम गरौंला भनेर ठिकै छ भने भोलिपल्ट बाट कलास सुरु भयो। सुरुको दिन संस्कार पढाईयो, जसमा जानकारी, वातावरण, अनुशासन, सम्मान, ताली, नारा आदी यस्तै दोश्रो दिनको कलासमा लक्ष, SMART लक्ष, भ्रमण ABP setting, आदी पढाईयो, अनि चौथो दिन दिनमा T- UP प्रसंशा, पढाईयो जब पाँचौ दिनमा पुगियो अनि जानकारी साँटासाँट र UN- Sell ( गोपनियता खुल्दुली र उत्सुकता भन्ने सिर्षकमा थियो ।
यहाँबाट काम गर्नका लागि गएकाहरु सबैलाई भनियो, “यो कम्पनीले खास ब्यापार गर्छ , जुन कुरा Un Sell राखिन्छ, तपाइँहरुलाई जागीर छ भनेर बोलाएपनि यहाँ गर्नुपर्ने व्यापार हो! भनेपछि मलाई एक मिनेट पनि त्यहाँ बस्न मन लागेन । व्यापार गर्नुपर्छ भनेर भनेपछि कोही आउँदैनन् भनेर नै UN – Sell राख्नु पर्छ भनेर सिकाईदो रहेछ । तर ब्यापार गर्ने भने तर काम के हो ? कसरी गर्ने पाँचौ दिनमा भनेनन् त्यो ६ दिनको कलासमा भन्ने भनेर कलास सकियो अनि छैटौं दिनको कलासमा उक्त Business बाट कति कमाई हुन्छ काम के हो भन्ने बिषयमा पढाईयो। Western fashion नाम गरेको उक्त कम्पनीले बहुगुणात्मक व्यापार गर्दो रहेछ ।
जुन गर्नका लागि लाइसेन्स लिन पर्ने रहेछ । lisence लिएपछि ४१ प्रतिशत बाट business सुरु गर्नुपर्छ भन्दा रहेछन्। जुन नेपाली २ लाख हो। दुई लाख जम्मा गरेपछि जम्मा गर्ने व्यक्तिले अन्य चार जना व्यक्तिलाई त्यहीँ Business मा आबद्ध गराउनु पर्दो रहेछ । एक जना बराबर २४ हजार ८ सय भारु कमिसन आउने रहेछ । तीन महिना भित्र चार जना २ लाख जम्मा गरेर ती चार जनाले ४ /४ जनालाई Business मा आबद्ध गरेर Business गर्ने मान्छे कम्पनीमा आबद्ध गराएपछि कम्पनीको भाषामा मार्क्युज हुने रहेछ । जसको मार्षिक तलब १ देखी तीन लाख सम्म हुने रहेछ ।
प्रत्येक जनाबाट रु २ लाख जम्मा गराएर २४ हजार ८ सय रुपैयाँ कमिसन खाने गरेका रहेछन् । कामका लागि बोलाउने मान्छेलाई company को भाषामा अपलाईन भन्ने रहेछन् । मैले ६ दिनको कलास लिसकेपछि त्यहाँ नबस्ने योजना बनाईसकेको थिए। किनकि म भाडा ऋण मागेर गएको मान्छेले २ लाख कताबाट ल्याउनु ? ७ दिनको दिन अन्तरवार्ता लिदा रहेछन् पैसा जम्मा गर्छु अनि business गर्छु भनेपछि पास गराउने रहेछन् ।
” कागज बनाउन्छस् की तलाई यहीँ मर्दिउ”भागेर गैईस भने बीच बाटोमै सकिन्छस् ”
मैले ६ दिनको दिननै घर फर्किन्छु भने । तर पैसा म्यानेज गर्नुस, घरबाट त कसैको दिदैनन् अन्त नी ऋण खोज्नुस भन्थे त्यो कम्पनीका ब्यापारीहरु तर मैले म सक्दिन मलाई यो काम नै ठिक लागेन । म घर जान्छु भनेपछि । मलाई होस्टेलको एउटा कोठामा लगियो, मेरो मोबाइल चेक गरे, म्यासेन्जर, whatsapp सबै चेक गरे, घरबाट दाईले त्यो कम्पनी फसाउन्छ, घर आइजा भनेर म्यासेज गरेका सबै म्यासेजको फोटो खिच्यो। जो तनहुँ घर भएका कम्पनीका सिनियर मार्क्युज सन्दीप सुनार हुन् । उहाँले भन्नुभयो, तपाईं चुप लाग्नुस, यहाँ काम गर्न भनेर आउने अनि बीचमै मन परेन भनेर घर जान्छु भन्न पाइन्छ ?
मैले भने ” सर म घर जान लागेको मान्छे, मलाई यो काम मन परेन, म २० हजार रुपैयाँ ऋण मागेर यहाँ सम्म आएको मैले २ लाख जुटाउन सक्दैन म घर जान्छु, मेरो व्यक्तिगत म्यासेजको किन फोटो लिनुभयो? उहाँले जवाफमा भन्नुभयो, घर जानुस् नजानुस भन्दैन तर एउटा कागज बनाएर जानुस् यो Conpany फसाउन्छ, काम भनेर ल्याउन्छन् business गर भन्छन् भनेर नेपालमा कसैलाई भन्दैन भनेर कागज गर होईन भने जान पाउदैनौँ । मलाई रिष उठ्यो, ” मैले भने यो सब के जरुरी छ सर ? मलाई मन परेन, म गर्दैन, कागज नी बनाउदैन”
बन्द कोठा भित्र कुटपिट गर्ने प्रयास :ज्यान मार्ने धम्की
यति भनेपछि ढोका बन्द गरियो, तीन जना भित्र थिए, मलाई नेपालबाट लिने व्यक्ति पनि संगै थिए । अनि मलाई भने तैले नेपाल गएर company को बारेमा सबै कुरा खुलासा गरुँला सोचेको होलास् , तैले यो कागजमा सहि नगरेसम्म त यहाँबाट उम्किन पाँउदैनस् कागज बनाएर घर जान्छस् की यहीँ सिध्याईदिउ ! उनीहरु चार जना थिए, भागेर गैइस भने तलाई गया रेल स्टेशन भन्दा अगाडि नी जान दिदैनौ भने, मलाई ज्यान मार्ने सम्मको धम्की दिए। झन्डै तीन घण्टा बढी मलाई बन्द कोठामा राखियो। बाहिर निस्किन दिएनन् मोबाइल उनीहरुकै नियन्त्रणमा थियो ।
यो कागज बनाएर यहाँ नछोडे सम्म जान पाउदैनस् भने, नेपाल गएपछि मेरो साथि र कम्पनीले फसायो भनेर उजुरी गर्ने छैन भनेर कागज मलाई नै लेख्न भने! दिउँसो साढे तीन बजे घर फर्किन लागेको मलाई बेलुका ७ बजे सम्म छोडेनन् । अन्ततः म बाध्य भए, कागज बनाईदिए, हस्ताक्षर पनि गरे,जसरी मलाई फसाएर त्यहाँ सम्म लगेका थिए त्यसका लागि कानुनी लडाइँ लड्न नसक्ने गरी मात्रै उनीहरुले मलाई छोडे मलाई मात्रै होउन् त्यहाँबाट Business गर्दिन भनेर फर्किने जती सबैलाई यस्तै कागज गराएर मात्रै पठाउने कम्पनीको नियम रहेछ ।
उनीहरु भन्दै थिए Un sell कै कारण अर्थात Business गरिन्छ, २ लाख रुपैयाँ जम्मा गर्नुपर्छ भन्ने कुरा गोप्य राखेकै कारण हाम्रो company चलेको छ। यो कुरा खुलासा गरिस भने त बाँच्दैनन् भनेका थिए ।
तलाई यहीँ मार्दिउ की यो कागज बनाएर हस्ताक्षर गर्छस्” कम्पनीको मार्क्युज सन्दीप सुनार नाम गरेका व्यक्तिले भनेको यो शब्दले भन्दा बढी चोट उनले भनेको अर्को शब्द थियो, भरखरै बिहे गरेको रहेछस् छिटै श्रीमतीलाई बिढवा बनाउनु छ भने केही छैन नत्र यो कागजमा हस्ताक्षर गरे। यदि मैले यसो नगरेको भए म जिउँदो नेपाल फर्किने थिएन । मलाई त्यहीँ बेला नै मार्ने योजना उनीहरुको थियो ।
तर म बाँचेर नेपाल फर्किए,पैसाको लागि यतिसम्म मरिहत्ते गर्ने, एउटा आफु जस्तै नेपालीलाई Business मन परेन म गर्दिन भनेकै भरमा ज्यान मार्ने सम्मको धम्की दिने ती करोडपती नरपिचासको पन्जाबाट उम्किन सफल भए, । मैले यसकारण यो सब लेखेको हु! म संगकै धेरै जन साथीहरू नेपाल आउनु चाहेका छन् तर company ले आउन त्यती सजिलै दिदैन। त्यो कागज बनाउनै पर्ने हुन्छ । उहाँहरुलाई Business गर्छु तर नेपाल गएर पैसा ल्याएर आउन्छु भन्दा पनि घर आउँन दिदैनन् ।
३/४ दिनको समय तोक्छन् यति दिनभित्र म्यानेज गर्नुस भन्छन् । तर यतै पठाईमाग्नुस भन्छन् ! company को business Patner नभए सम्म घर आउन दिदैनन्। जान्छु भन्दा नी मान्दैनन् । म त जसोतसो फर्किए ! धेरै जना दाजुभाइहरु आउन चाहानु हुन्छ, तर उहाँहरुले सजिलै आउन पाउनुभएको छैन। कसैलाई security Gard, कसैलाई driver कसैलाई, कपडा पसलमा काम गर्ने, यस्तै यस्तै भनेर बोलाउदा रहेछन् तर business गर्नुपर्छ भन्ने कुरा पाँच दिन सम्म Un – Sell राख्नुपर्ने रहेछ्।
यदि कसैले भन्यो भने उसलाई Comapany बाट सरासर घर निकाल्ने रहेछन् । दुई लाख पनि डुब्ने डरल सबैले यसरी नै बोलाउदा रहेछन् । जहाँ करोडौंका मालिजहरु छन् ! राष्ट्रसेवक नेपाल आर्मी, प्रहरीबाट अवकाश पाएका व्यक्तिहरु त्यो company मा business गर्दा रहेछन् । यीनीहरुले करोडौंका सपना देखाएर आफ्नो तलब बढाउने काम गर्दा रहेछन् । एउटा नेपालीले अर्को नेपालीलाई ऋणको भारी बोकाएर आफु करोडपती बनेका धेरै त्यहाँ भेटिए । जसले पैसाको खुल्याम घमण्ड गर्छन् ।
पैसा भन्दा ठुलो केही छैन, परिवार भनेको पैसाको हो, पैसा भएन भने कोही हुदैनन् भन्छन्। मलाई यो company मन नपर्नुको कारण मलाई आफ्नै नेपाली दाजुभाईलाई ऋणको भारी बोकाएर करोडपती बन्न ठिक लागेन,मलाई अभावकै जिन्दगी ठिक, बरु झुपडीकै बास बस्नमा आनन्द छ। करोडपती बन्ने सपना न मैले कहिँले देखे न त मेरो परिवारले नै ! बरु यत्ति चाहान्छौँ हामी गास बास कपासलाइ कमाउन सकियोस् ।
तर त्यहाँ business गर्नेहरूको एउटै सपना हुँदो रहेछ तीन चार वर्षमै करोडपती बन्ने । गाडी चढ्ने, महलमा बस्ने, यहीँ भन्थे तिनीहरू यदि तपाइँहरु पनि बन्न चाहानुहुन्छ भने हामीले भनेको काम गर्नुस् ! हामी बनाउन्छौँ तपाइँलाई करोडपती मलाई यो सबै सुरुवात देखी नै वाइवात नलागेको त पक्कै पनि होईन तर पनि ७ दिन सम्म सिक्ने भनेर अगाडी नै हस्ताक्षर गरिसकेको थिए । मलाई जसरी पनि बस्नुपर्ने बाध्यता थियो ।
यति छोटो समयमा कसरी यति धेरै पैसा कमाउन्छन् भनेको त एक जना बाफत २४ हजार ८ सय भारु कमिसन पाँउदा रहेछन् । नेपालीलाई झुटा सपना देखाएर काम लगाईदिने राम्रो कमाई हुन्छ भन्दै त्यहाँ लगेर Business मा आबद्ध गराउँदा रहेछन् ।काम ठिक लागेन घर फर्किन्छु भनेपछि यो company ले यसरी फसाउन्छ भनेर नेपाल गएर भन्ने छैन भनेर कागज नबनाए सम्म नेपाल फर्किन दिदैनन् । दुई लाख जम्मा गर्नुपर्छ अनि Business सुरु गरिसकेपछि एक जनाले चार जना अनिवार्य ल्याउनपर्ने रहेछ ।
यदि मान्छे बनाउन सकेनन् भने उनीहरुलाई कुनैनकुनै आरोप लगाएर त्यहाँवाट निकाल्ने रहेछन्। एउटा नेपालीले अर्को नेपालीलाई एउटा नरकीय जीवन बिताउन बाध्य बनाइन्छ जहाँ। मोबाइल गएकै दिन बुझाउनु पर्छ । छिमेकी मुलुक भारतमा त एउटा नेपालीले नै अर्को नेपालीलाई पैसाका लागि यति धेरै दु:ख दिन्छन् भने अन्य बिदेशी मुलुकमा कस्तो हुन्छ होला कल्पना पनि गर्न सकिदैन । साच्चिकै एउटा नेपाली जो पैसाका लागि किन अर्को आफ्नै नेपाली दाजुभाईको घाँटी पनि रेट्न तयार छन् ? किन यति स्वार्थी छन् मानिसहरू ? ती स्वार्थी मानिसको भिडबाट म त उम्किन सफल भए तर कयौं नेपाली दाजुभाईहरु घर फर्कन चाहान्छन् तर सजिलै फर्किन दिईएको छैन ।
उनीहरुलाई जसरी हुन्छ २ लाख रुपैयाँको बन्दोबस्त गर्नुस् भनेको छ । पहिला पैसाको बन्दोबस्त गरेर व्यापार सुरु गर्नुस् अनि मात्रै घर जान पाउनु हुन्छ भन्छन् । मलाई पनि त्यहीँ भनेका थिए। मेरो आग्रह छ म जस्तै कोही दाजुभाई नफस्नु होला।तपाइँलाई यसरी तपाईंकै चिनजानको व्यक्तिले बोलायो भनेपनि भ्रममा नपर्नुहोला। बिश्वास नगर्नुहोला । तपाईंलाई राम्रो काम छ भनेर बोलाउने ठाउँमा व्यापार हुन्छ। जहाँ पैसाका लागि एउटा नेपालीले नेपालीलाई ठुला ठुला प्रलोभन देखाउन्छन्।
घर फर्किदा भोग्नुपरेको दु:ख, आफ्नै मान्छे किन यति निर्दयी बन्छन् ?
त्यहाँबाट निस्किदा मैले मलाई त्यहाँ सम्म लिने दाई राजेन्द्रलाई भने “मलाई नेपाल जाने गाडी चढाईदिनुस्, मलाई यताको भाषा आउदैन, मोबाइलमा चार्ज नी छैन, सिम कार्ड म संग नेपालको मात्रै छ, जसरी हुन्छ मलाई नेपाल जाने गाडीमा त बसाएर आउनुस ” यति भन्दा उहाँले भन्नुभयो, पढेको मान्छे त्यती नी नचिन्ने भन्ने हुन्छ, मेरो भोली कार्यक्रम छ, भोली मैले कार्यक्रम चलाएन भने मेरो यो महिनाको स्यालरी नै आउँदैन, म जाँदैन, भन्दै रेलमा चढाएर त्यहाँबाट उहाँ फर्किनु भयो, मलाई त्यो भन्दा अगाडी जति दु:ख उहाँ संग लागेको थियो त्यो भन्दा पछि मलाई रेल चढाएर उहाँ फर्किएपछि लागेको थियो ।
उहाँले यति पनि सोच्नुभएन की देख्दै नदेखेको ठाउँ एक्लै कसरी जान्छ ? झण्डै चार घण्टा पछि १२ बजे पटना पुर्यायो, त्यहाँबाट झरे, अनि सोधेँ ” नेपाल जानाकीलिए का जाना परेका” कसैले बुझेनन्, कसैले वास्ता नै गरेनन्, हिन्दी भन्दा पनि अर्कै भाषा बोल्दा रहेछन् बिहारका मान्छे म हिन्दी बोल्न नजानेपनि बुझ्न पुरै बुझ्थे तर उनीहरुले बोलेको बुझिदैन थियो ।
झण्डै १० जना बढीलाई सोध्दा एउटा रिक्सावाला भेटिए, उहाँले मलाई नेपालका लागि बस छुट्ने बसपार्क छोडिदिनुभयो, त्यसपछि उहाँ फर्किनुभयो, मैले त्यहीँ बसपार्कमा सोधेँ, ” बोल्न नजाने पनि नेपाल भनेपछि बुझे अनि एउटा गाडी चढे,सहचालकले मेरो शर्टमा समाउदै भने, दिउँसो चार बजे नेपाल भारत सिमानाका भन्दा अगाडि रक्शौल पुग्छ, बैठ्यो, बैठ्यो, जल्दी करो, जाना हे त जल्दी करो, नै जाना हे त उतरयो” त्यसपछि म बस चढे, त्यो बसलाई यात्रु बनाउनु थियो, चार बजे पुर्याउन्छ भनेको गाडीले राती १० बजे त्यहाँ छोड्यो, मुशलधारे पानी परिरहेको थियो। न साथमा छाता थियो, त्यहाँबाट अटोमा सिमानाका पुगे। त्यसपछि म भारतलाई बिदाईको हात हल्लाउदै नेपाल पुगे ।
मन हल्का भयो, सात दिन सम्मको नरकिए जीवनबाट मुक्ति भएको अनुभुती भयो, पैसाको लागि आफ्नै दाजुभाइ माथि कुठाराघात गर्ने ती नरपिचासबाट उम्किएको महसुस मनमनै भयो। अटोले बिरगंज पुर्यायो, होटेलहरु सबै बन्द भैसकेका थिए। पानीले पुरै भिजायो, साच्चै भन्ने हो भने जसरी पानी बर्षीरहेको थियो त्यसरी नै आँखाबाट आँसु वर्षिरहेको थियो । एक जोड बाहेक लुगा थिएनन् ।
अरु लुगा नै नभएको त होईन तर काठमाडौंबाट निस्किदा मलाई लिने दाईले भन्नुभएको थियो ” बुझेर एक दुई दिनमा फर्केलास् ! कपडा ल्याईरहन परेन,कपडा कम्पनीले नै दिन्छ” जब अटो चालकले एउटा होटेलमा पुर्याईदियो अनि मात्रै म सुरक्षीत भएको महसुस गरे! किनकी मलाई त्यता बाट निस्किदा भनेका थिए, यो कम्पनीको बारेमा यहाँबाट निस्किसकेपछि केही भनिस भने तलाई बाटोमै पनि हामी सिद्ध्याईदिन सक्छौं, ज्यानको सबैलाई माया हुन्छ नै मलाई पनि नहुने कुरै भएन! बाँच्नु ठुलो कुरा हो बाँकी सुखदुःख जिन्दगीमा चलिरहने प्रक्रिया हो।
जसले मलाई यताबाट बोलाउदा भन्नुभएको थियोे, ” तलाई काम चित्त बुझेन भने म नै भाडा हालेर यता पुर्याइदिन्छु, दाइको बिश्वास छैन, यदि छैन भने छैन भन ” यहीँ कुरालाई बिश्वास गरेर तपाइँ संग जाँदा उहाँले त मलाई व्यापार गर्न लिनुभएको रहेछ। म बाट २४ हजार ८ सय रुपैयाँ कमिसन लिने योजना रहेछ । जुन कुरा ६ दिन सम्म मलाई लिने दाईले भन्यो न त त्यो कम्पनीका पढाउने मास्टरहरुले नै ।
त्यहाँ पढाउने भनेको ८ फेलले हो। १० कक्षा पास नगरेका धेरै छन् । उनीहरु नै अरुलाई सिकाउन्छन् । म तपाईंलाई भन्छु दाई ” तपाईंकै अगाडी जसरी मलाई ज्यान मार्ने धम्की सहित भौतिक आक्रमणमा उत्रिएका थिए, त्यो दिन तपाईंको नआओस् र अरु कोही नेपाली दाजुभाईको नआओस्” एक दिन तपाइँ पनि त्यो कम्पनीबाट फर्किनु हुनेछ। यो भन्दा अगाडी पनि त्यो कम्पनीले धेरै नेपाली दाजुभाइलाई फसाईसकेको रहेछ।
हाम्रै बाजुराको पनि धेरै जना यो कम्पनीबाट भागेर आएका छन् । त्यहाँ पहिल सात दिन सम्म अनिवार्य पढ्नुपर्छ भनेर राखिन्छ त्यसपछि पैसाको व्यवस्थापन गर भनेर ३/४ दिनको समय तोकिन्छ। त्यो समय भित्र पैसा बुझाएनन् भने कागज बनाएर नेपाल पठाईने रहेछ । हुन त मलाई पनि कागज बनाएर हस्ताक्षर गराईयो।
” यदि नेपाल गएर यो कम्पनीको बारेमा कुरा गरिस् भने, समाचार बनाईस भने त मात्रै होईन त्यो परिवार पनि नरला, नेपालका पुलिस्, अदालत, न्यायाधीशलाई चाहिने भनेको पैसा हो, हामी किन्दिन सक्छौं” तनहुँ घर भएला सन्दीप सुनारले भनेका थिए। उहाँले भने जस्तै नेपालको कानुन, अदालत, अनि न्यायाधीश नेता पैसामा साच्चिकै बिकेछन् भने पनि ठिकै छ ।
तर नेपाली भएर आफ्नै नेपाली दाजुभाईलाई ठगेर करोडपती बन्ने योजना ढिलोचाँडोअवस्य चौपट् हुनेछ । मलाई त्यहाँबाट जसरी पनि मेरो देश फर्किनु थियो। नेपालीलाई दुई लाख ऋण निकालेर भएनी व्यापार गर्न लगाएर एक जना नेपालीबाट २४८०० भारु कुम्ल्याउने ठगी धन्दाको खुलासा गर्नुथियो । त्यसकारण मैले त्यो कागज बनाएको थिए! कानुनी लडाइँ लड्दा मलाई त्यो कागजले समस्या होला तर नेपाली ठगेर करोडपती बन्ने सपना अब नदेखे हुन्छ ।
देशभर यो ठगी धन्दाको बारेमा सबै नेपाली दाजुभाईलाई जानकारी गराईनेछ। जागिर भनेर व्यापारमा लगाउने र दुई लाख रुपैयाँ ठगी गर्ने जतिपनि छन् सबैलाई एक दिन कानुनी दायरामा ल्याउन आवस्यक छ। नेपाल सरकारको ध्यानाकर्षण होस् । कुनै पनि नेपाली दाजुभाईले दुई लाख रुपैयाँ बालुवामा पानी सरह बगाउँन नपरोस् ।
फेरी पनि अनुरोध गर्छु कसैले यसरी बोलाएछन् भने भ्रममा नपर्नुहोला, व्यापार नै गरेर अर्को आफु जस्तै नेपाली दाजुभाईलाई ठग्नुछ भने मात्रै जानुहोला दुई लाख २० हजार बोकेर जानुहोला नत्र कोही पनि नेपाली दाजुभाई यी दलालहरुको बिश्वास नगर्नुहोला । म त बाँचेर आए। नयाँ जीवन पाएको अनुभुती गरेको छु। विभिन्न माध्यमबाट सहयोग गर्ने, सकुशल नेपाल फर्किन भन्दै सुभेक्षा व्यक्त गर्ने सबै प्रति आभार ।