काठमाडौँ, १८ भदौ । कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ पहिलो सिजनका विजेता हिमेश पन्त पछिल्लो समय चलचित्र अभिनयमा ब्यस्त छन ।५ वर्ष अगाडि ‘कमेडी च्याम्पियन’ विजेता बनेका उनलाई केही समय देश–विदेशको कार्यक्रमले व्यस्त बनायो । पछिल्लो समय भने उनलाई कार्यक्रम भन्दा फिल्मको चटारो छ। यही बर्ष नै उनका दूई चलचित्र प्रर्दशन हुदै छन उनले डेब्यू गरेको चलचित्र “बर एण्ड बधु” यही शुक्रबार बाट प्रदशनमा आयको छ मिलन चाम्सको निर्देशन रहेको फिल्म प्रेमकथामा बनेको फिल्म हो । युरोपको बिभिन्न शहरमा छायांकन भयकोमा फिल्ममा आँचल शर्मा, विवेक कर्माचार्य, कुशुम शर्मा, श्रृष्टि श्रेष्ठ, दिनेश काफ्लेको समेत अभिनय छ ।

चलचित्रले मध्यम ब्यापार गरेको छ तर हिमेशको अभिनयले भने खुब तारीफ पाई रहेको छ कमेडी क्षेत्र बाट चलचित्रमा लागेका पन्तको अभिनय हेर्दा उनको यो नै पहिलो चलचित्र जस्तो लाग्दैन । चलचित्र हेरेर निस्कियका अधिकांश दर्शक र चलचित्र क्षेत्रका हस्ती हरुले अरुको भन्दा हिमेशको अभिनयको खुलेर प्रसंशा गरे चलचित्रमा कमेडी पारा मैं देखियका हिमेश को गज्जबको भुमिका छ र उनले आफ्नो भुमिका लाई यसरी न्याय गरेका छन की चलचित्र हेरि रहदा उनको अभिनयले दर्शक धृघा बाट हल्ला र सिठ्ठि नै गुन्जियो। अस्ति शनिबार सबै कलाकार चलचित्र हल पुगेर प्रतिक्रया लिई रहदा अरुको भन्दा हिमेशको धेरै नै प्रसंशा सुनियो।हिमेश आफनै पनि पहिलो काम बाट पायको यो तारीफले ज्यादै खुसी रहेको बताउछन ।
बर एण्ड बधु लगत्तै दशैंमा हिमेशको अर्को चलचित्र‘ज्वाइँ साप’ पर्दशनमा आउन तयार भयर बसेको छ “ज्वाई साब” मा मुख्य भुमिका मैं रहेका उनि यस चलचित्र प्रति झनै उत्साहित छन । ज्वाई साबको को मुख्य भुमिकामा हिमेश पन्त सहित जितु नेपाल , बुद्धि तामाङ् र निति शाहा छन । बसन्त निरौलाको निर्देशन रहेको ज्वाईं साब यही दशैंमा दिपा-दीपकको छक्का पन्जा-५ र बिराज भट्टको १२ गाऊ संगै भिड्दै छ।
एक पछि अर्को काममा ब्यस्त हिमेशको हिजो मात्रै “कमेडी दरबार” नामक रियलिटी सो पनि बजारमा आयको छ । कमेडी च्याम्पियन जिते पछि बिचमा केहि समय राजनीतिमा पनि रुमलियका हिमेशले अब भने केहि बर्ष आफ्नै क्षेत्र लाई निरन्तरता दिदै काम गर्ने बताउँछन् ।
हिमेशको फिल्म अभिनय सानैदेखिको रहर भने होइन धादिङको थाक्रेमा जन्मिएका उनी बाल्यकाल देखिनै प्रतिभाशाली थिए । उनले १० कक्षासम्म गाउँकै सेती देवी उच्च माध्यमिक बिद्यालययमा अध्ययन गरेका हिमेश स्कुलमा टप हुन, ८ कक्षामा उनी दोस्रो र ९ कक्षा प्रथम भय एसएलसीमा त्यो क्षेत्रमा सहरकारी विद्यालयबाट डिस्टिक्सन ल्याउने उनी मात्रै थिए । १० पछि अध्ययनकै लागि काठमाडौँ हानिए ।
इन्जिनियरिङ पढ्ने रुचि लिएर गएका उनले पुल्चोक इन्जिनियरिङ कलेजमा आवेदन दिए । त्यो बेला करिब १५ हजारको आवेदन थियो । उनको नाम ४ हजारमा आयो । ‘जम्मा छनोट हुने ४ सय थियो । मेरो नाम ४ हजारमा आयो’ उनले भने ‘स्कलरसिप बिना के इन्जिनियरिङ पढ्नु भन्ने लाग्यो र त्यो बाटो बन्द भयो ।