काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचक १०.४४ अंकले घट्दै २ हजार ६८.३१ विन्दुमा झरेको छ । लामो समयपछि बुधबार झिनो अंकले बढेको नेप्से सूचक बिहीबार ०.५० प्रतिशतले गिरावट आएको हो । तर बुधबारको तुलनामा बिहीबार कारोबार भने बढी भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार ३ अर्ब ८७ करोड ७ लाख रुपैयाँ बराबरको ८६ लाख ६३ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको छ ।२.२७ अंकले नेप्से सूचक बढको बुधबार ३ अर्ब ४० करोड ४३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । बिहीबार फाइनान्स र म्युचुअल फन्ड बाहेक ११ वटा उपसूचक ऋणात्मक भएका छन् । फाइनान्स समूहको उपसूचक १.८२ प्रतिशतले बढेको छ भने बिहीबार म्युचुअल फन्डको उपसूचक ०.१३ प्रतिशतले बढेको छ । ५२ वटा कम्पनीको सेयर मूल्य बिहीबार बढेको छ भने १८६ कम्पनीको सेयर मूल्य घटेको छ । ८ वटा कम्पनीको मूल्य भने स्थिर रहेको नेप्सेले जनाएको छ । बिहीबार सबैभन्दा बढी कमाउनेमा कालिका लघुवित्त वित्तीय संस्थाका सेयर धनीहरूले ७.७१ प्रतिशतले कमाएका छन् भने कुथेली बुकारी स्मल हाइड्रोपावर कम्पनीका सेयर धनीले ९.२८ प्रतिशतले गुमाएका छन् ।
