काठमाडौँ। ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) को ४६औं वार्षिक साधारण सभाले नयाँ नेतृत्व चयन गर्दैछ। टानको नयाँ नेतृत्वको लागि सोमवार (भदौ १७ गते) निर्वाचन हुदैँछ। टान निर्वाचनका लागि सागर पाण्डे र राजेन्द्र प्रसाद सापकोटाको दुई समूह चुनावी मैदानमा होमिएका छन् । दुवै समूह आफ्नो प्यानल सक्षम रहेको दावी गर्दै मतदाता समक्ष विभिन्न माध्यम मार्फत प्रस्तुत भइरहेका छन्। नेतृत्व आफ्नो पक्षमा पार्न सबै प्रयासहरु जारि राखिएको छ।

दुवै पक्ष नेतृत्व आफ्नो हातमा पार्ने दौडधुपमा छन् । मतदातालाई प्रभावमा पार्न प्रचारप्रसारका आक्रमक योजना अगाडि सारी चुनावी मैदानमा होमीएका दुवै प्यानल यतिबेला अन्तिम मोर्चामा सहभागी छन् । टानको इतिहासमा यस पटकको चुनावलाई व्यवसायीहरुले महत्वका साथ हेरेका छन् । हारजितको खेलमा फेरी एक पटक पर्यटन व्यवसायीहरु चुनावी मैदानमा ओर्लिएका हुन् । अध्यक्षका प्रत्यासी सागर पाण्डे र राजेन्द्र प्रसाद सापकोटाबिचको प्रतिस्पर्धालाई कतिपय पर्यटन व्यवसायीहरुले व्यवयसायी र राजनीतिक दलबीचको प्रतिस्पर्धाको रुपमा समेत औल्याएका छन् । उनीहरुले पाण्डे प्यानललाई व्यवयसायीक प्यानल र सापकोटा प्यानललाई व्यवयसायीक कम र ज्यादा राजनीति भनि आलोचना समेत गरेका छन् । जसबाट पाण्डे समूह उत्साही देखिएको छ भने सापकोटा समूह संसयमा छ।
धेरै जसो मतदाता यसपटक टानलाई पार्टीको होइन व्यवयसायीको संस्था बनाउनु पर्छ भन्दै लागेका छन्। संस्थाको हित र रक्षा गरि संस्थाको गरिमा बढाउन व्यवयसायीक समुहलाई निर्वाचनमा मतदान गर्नुपर्ने उनीहरुको तर्क छ। पार्टीको आदेश सुन्ने तर व्यवयसायीका आवाजलाई कुल्चने परम्पराको अन्त्य गर्न यो ठुलो अबसर भएको पर्यटन व्यवयसायी नबराज पाण्डेको तर्क छ। सिधै दलबाट आएका व्यक्तिबाट संस्थाको हित हुन नसक्ने भन्दै पाण्डेले व्यवयसायीक टिमलाई मतदान गर्न आग्रह समेत गरे।
सागर पाण्डे समूहले टानमा राजनीतिक सिण्डिकेट तोड्न सबैमा आग्रह समेत गरेको छ। राजनीतिक सिण्डिकेट अन्त्यको लागि पर्यटन व्यावसायीहरु एक जुट हुने बेला आएको स्थापित यूवा पर्यटन व्यवसायी राजकुमार बस्नेत बताउछन्। अब टानमा सिण्डिकेट प्रणाली खारजे गरि छाड्ने उनको दावी छ। एमाले – कांग्रेस गठबन्धनका साझा उम्मेद्वार बनेका राजेन्द्र सापकोटाको समूह भित्र व्यापक असन्तुष्टि रहेको समेत बस्नेतको भनाइ छ।
एमाले – कांग्रेस निकट पर्यटन व्यवयसायीको सस्थागत साथ पाएर पनि सापकोटा समूहमा आशंका र अन्योलता देखिएको छ। निर्वाचनको मिति नजिकिदै जादा पाण्डे समूहप्रति देखिएको माहोलले बलियो पार्टीको साथ पाएको सापकोटा समूह झस्किएको ठमेलतिर चर्चा समेत हुन थालेको छ। सापकोटा स्थापति सक्षम युवा पर्यटन व्यवयसायी भए पनि राजनीतिक सिण्डिकेटको भुमरीमा परेको उनि निकट पर्यटन व्यावसायीहरुनै बताउछन्।
राजेन्द्र सापकोटा समूहलाई एमाले र कांग्रेसको संस्थापन पक्षको समर्थन छ भने सागर पाण्डे समूहलाई काँग्रेसको संस्थापन इतर समूह, माओवादी, रास्वपा, एकीकृत समाजवादीसहित स्वतन्त्र ट्रेकिङ व्यवसायीहरुको समर्थन छ।
सागर पाण्डे समूहमा वरिष्ठ उपाध्यक्षका लागि चोलेन्द्र बहादुर कार्की, प्रथम उपाध्यक्षका लागि दावा लामा तामाङ, द्धितिय उपाध्यक्षका लागि निशेष थापा, महासचिवमा सोनाम ग्याल्जेन शेर्पा, सचिवमा सजना त्रीपाठी, कोषाध्यक्षमा गणेश प्रसाद न्यौपाने, सहकोषाध्यक्षमा डम्बर अधिकारी उम्मेद्वार रहेका छन्।
यस्तै सदस्यहरूमा सृष्टि भण्डारी, अम्बिर गुरुङ, माधवकुमार धमला, विनोद कुमार तामाङ, मेरे कार्की, होम बहादुर विश्वकर्मा, शिवप्रसाद शिलवाल, उत्सव ढकाल र फुर्पुछिरिङ ल्होमी(भोटे) उम्मेदवार छन्।
राजेन्द्र प्रसाद सापकोटा प्यानलमा वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा, प्रथम उपाध्यक्षमा विष्णु प्रसाद लम्साल, द्धितीय उपाध्यक्षमा सनम शेर्पा, महासचिवमा राजेन्द्र प्रसाद सुवेदी रहेका छन्। यस्तै, सचिवमा रिन्जीजाङबु शेर्पा, कोषाध्यक्षमा गौतम राज वाग्ले, सहकोषाध्यक्षमा लाक्पा रिन्जी शेर्पाको उम्मेद्वारी रहेको छ। यस्तै सदस्यहरुमा पवित्रा तामाङ, सागर राई, सुमन अर्याल, विश्व दाहाल, दिनेश तिम्सीना, राजु गुरुङ, छप्ते लामा, भुवनबहादुर खड्का दावा लामा रहेका छन्।
कसको होला पल्लाभारी ?
टानको नयाँ कार्य समितिको निर्वाचन यस पटक रोचक तथा प्रतिस्पर्धात्मक हुने देखिन्छ। सन् २०२२ मा भएको टान निर्वाचनमा कांग्रेस एमाले समर्थित पर्यटन व्यवसायीहरुको समीकरण बनेको थियो। जस अनुसार कांग्रेस निकट नीलहरि बास्तोला अध्यक्षका उम्मेदवार बनेका थिए। बास्तोलाकै प्यानल विजयी भएको थियो। सोही समयमा सन् २०२४ मा हुने निर्वाचनमा एमालेसंग नेतृत्व आलोपालो हुने भनि गरिएको गोप्य सम्झौता उम्मेदवार छनौटको समयमै सार्वजनिक भएपछि काँग्रेस पक्षका थुप्रै पर्यटन व्यवसायीहरू बिच्कीएका थिए।
टानको आगामी अध्यक्षका उम्मेद्वारको दावी गरिरहेका चोलेन्द्रबहादुर कार्की लगायतको ठूलो समूह एमालेसँगको समीकरण तोड्दै पाण्डे प्यानलमा मिसिन पुगेको हो। विद्रोही समूहको नेतृत्व गर्दै सागर पाण्डे समूहमा आएका कार्कीले केही व्यक्तिहरूले टानलाई गोप्य सम्झौताको नाममा बन्धक बनाउन खोजेको आरोप लगाएका छन्।
उनले भने, ‘काँग्रेस एमाले समर्थित पर्यटन संगठनमा एक दुई जना व्यक्तिहरुले कागजी सम्झौता गरि सन् २०२६ मा हुने टानको अर्काे निर्वाचनमा समेत को अध्यक्ष हुने भनेर नाम लेखिसकेका छन्। यसले व्यवसायीक पर्यटन व्यवसायी र लोकतान्त्रीक विधि पद्धतीको मानमर्दन गरेको छ। टान कसैको सिण्डीकेटमा चल्न हुन्न भन्ने उद्देश्यले नै हामीले व्यवसायीक पर्यटन व्यवसायीहरुको समूह बनाएका हौँ।’
कांग्रेस समर्थित व्यवसायीहरुको समेत बलियो साथ पाएपछि सागर पाण्डे उत्साहित छन्। उनको समूहमा रास्वपा सहित कुनै दल विशेषमा नलागेका स्वतन्त्र व्यवसायीहरुको समर्थन देखिन्छ। उता राजेन्द्र सापकोटा समूहमा अध्यक्षको टिकट एमालेले पाएको हो भने वरिष्ठ उपाध्यक्षमा काँग्रेसबाट कर्मा शेर्पाले उम्मेदवारी पाएका छन्। कर्मा शेर्पा कांग्रेस सोलुखुम्बुको प्रदेश ख को क्षेत्रीय सभापति समेत हुन्। यस्तै, सापकोटा समूहमा महासचिवको उम्मेदवारी काँग्रेसकै राजेन्द्र प्रसाद सुवेदीले पाएका छन्।
१७ गते हुने टान निर्वाचनका लागि १ हजार ४ सय ३८ मतदाता रहेको टानले जनाएको छ। । यी मतदाताहरूले सन् २०२४ देखि ०२६ सम्मका लागि आफ्नो छाता संगठनको नेतृृत्व चयन गर्न लागेका हुन्।