कैलाली । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कैलालीमा ४१७ हेक्टर क्षेत्रमा सिंचाइ सुविधा विस्तार भएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ कार्यालयका अुनसार आर्थिक वर्ष २०८०/८१ मा साना सिंचाइ कार्यक्रमअन्तर्गत गहुँ सुपरजोन र धान जोनमा ५० प्रतिशत अनुदानमा १६७ वटा स्यालो ट्युबेल जडान गरेपछि ११७ हेक्टर जमिनमा सिंचाइ सुविधा विस्तार भएको हो ।

उक्त कार्यालयका अनुसार आव २०७९/८० मा साना सिंचाइअन्तर्गत गहुँ सुपरजोन र धान जोनमा ५० प्रतिशत अनुदानमा १०९ वटा स्यालो ट्युबेल जडान गरिएकामा २७२ हेक्टर जमिनमा सिंचाइ सुविधा विस्तार भएको थियो । रासस
प्रकाशित :- २०८१ भाद्र ७, शुक्रबार ०६:३९