रोल्पा । रोल्पामा पहिरो खस्दा एक जनाको मृत्यु भएको छ । सो घटनामा दुई जना घाइते भएका छन्। जिल्लाको रोल्पा नगरपालिका २ मूलपानीमा निर्माणाधीन बेथेल मण्डली चर्चको टहरोमा आइतबार बिहान पहिरो खस्दा १ जनाको मृत्यु र २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । रोल्पा नगरपालिका (१) घर भई सोही चर्चमा बस्दै आएकी ७० वर्षकी धनजिता बुढामगरको मृत्यु भएको रोल्पाका डीएसपी भरत लामाले जानकारी दिए। घटनामा रोल्पाको सुन छहारी गाउँपालिका– ३ बस्ने १८ वर्षीय नौमा घर्तीमगर र सोही ठाउँ बस्ने २८ वर्षीय सागर बुढामगर घाइते भएका छन् । गम्भीर घाइते नौमालाई उपचारका लागि बुटवल ल्याइँदै छ भने सागरको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
