काठमाण्डौ । बैतडीबाट गीत रेकर्ड गर्नका लागि काठमाण्डौ आएकी कल्पना विष्ट र अर्जुन सापकोटाको पहिलो गीत सार्वजनिक भएको छ। लोकदोहोरी गीत मौरी रसैँमा एक दिनमै म्युजिकको २२ नम्बर ट्रेडिङमा आएको छ र उकालो लाग्ने क्रम जारि छ। यो गीत मौलिक दोहोरी गीत बनेको दर्सकहरुको प्रतिक्रिया रहेको छ । अर्जुन सापकोटा र कल्पना विष्टको स्वर भएको गीतमा लय अर्जुन सापकोटा र शब्द रबीन लमीछानेको रहेको छ । उक्त गीतको म्युजिक एरेन्ज कृष्ण बि क भान्जाको रहेको छ। स्टुडियो मारूनी रेकड भएको गीतलाई खुमन राना र सुमन रानारेकडिङ्ग र कुमार रानाले मिक्सिङ्ग गरेका छन् । काजिश श्रेष्ठको निर्देसन, नबराज उप्रेतीको क्यामरा बाट तयार भएको भिडियोलाई मिलन बि क ले सम्पादन गरेका छन् भने स्वस्तिक श्रेष्ठको मेकअप रहेको छ । भिडियोमा अर्जुन सापकोटा,कल्पना विष्टको दमदार डान्स समेत रहेको छ।
