काठमाडौं । राजधानी काठमाडौंको रत्नपार्क अति व्यस्त स्थानमध्ये पर्छ । मान्छेहरूको भागदौड आ–आफ्ना गन्तव्यतर्फ । माइक्रोले कराउँछ एकातर्फ–‘ल ल सीट खाली, लगनखेल, एयरपोर्ट, गोंगबु, कलंकी, महाराजगञ्ज, भैंसेपाटी, चुच्चेपाटी, स्युचाटार, गल्छीटार, पुरानोपुल, रातोपुल, कालोपुल, भत्केको पुल’ आदि । अर्कोतर्फ पठाओ, टुटलरजस्ता मोटरसाइकलको ताँती लाग्ने गरेको छ । मान्छे बोक्ने । मान्छे ओसार्ने । मान्छे थचार्ने सबैको केन्द्र बन्दै छ रत्नपार्क ।

तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता लिएको बेला रत्नपार्क जुलुश लगाउनेको केन्द्र थियो । पुलिस र प्रदर्शनकारीको खुबै लुकामारी चल्थ्यो । प्रदर्शनकारीले सके नाराबाजी गर्ने, ढुंगा बर्साउने । प्रहरीले सके भाटे कारबाही गर्ने र भ्यानमा भटाभट कोच्ने । लोकतन्त्र आएपछिका केही दिन प्रहरी र माइक्रोबसवालाको सिंगौरी खेल्ने ठाउँ यही रत्नपार्क बन्यो । अर्थात् ड्राइभरलाई रिस उठ्यो कि माइक्रो तेस्र्याउने । बाटो बन्द गर्ने । लोकतन्त्र माइक्रोवालालाई नै आएजस्तो भयो केही महिना ।
अहिले फेरि अन्य कारणले पनि रत्नपार्क नै तात्तातो बहसमा छ । जहाँ दैनिक देखिन्छ– ठोकाठोक र जोखाजोख । नगरप्रहरीले मकै पोल्नेवाला–वालीदेखि जुत्ता पालिस गर्नेसम्म र मोजा बेच्नेदेखि लिएर मोबाइलका खोल बेच्नेसम्मलाई सडकपेटीमा व्यापार गर्न सामान तेर्साएको भन्दै, भाटैभाटाले गोद्दै ठोकाठोक गर्ने गरेको छ । दुई चार सय आम्दानी होला र बेलुकीको छाक टारूला भन्ने प्लास्टिके व्यवसायी र नगरप्रहरीबीचको ठोकाठोक र खोसाखोस हेर्न रमिते र तमाशेहरूको लाइन देखिन्छ । लामो समयदेखि यस्तै चल्दै आएको छ काठमाडौंमा ।
रत्नपार्कको यस्तो खोसाखोस, ठोकाठोक र जोखाजोखको धन्दाले नेपाली शहरिया जीवनमा अनेकौं सामाजिक, कानुनी, व्यावहारिक, आर्थिक, नैतिक, राजनीतिक तथा रोजगारीसंग सम्बन्धित अनेकौं समस्या थुप्रिएका छन् । कोही पनि रहरले र खुशीले चाहिँ रत्नपार्कको ठोकाठोक, खोसाखोस र जोखाजोखमा आउँदैन । यसमा राज्य र समाजसंग जोडिएका अनेकौं सवाल र चुनौती थपिएका छन् । प्रहरीले लौरी लाएर र खोसाखोस मात्र गरेर पनि समस्या समाधानचाहिँ हुने होइन । पहिले पार्कभित्र हुने ‘सेक्स डिल’ अहिले ‘बाहिरै’ भइरहेको हुन्छ । रत्नपार्क क्षेत्र अहिले ‘सदाबहार सेक्स स्पट’का रुपमा परिचित हुँदैछ । यसको बदनाम चरित्रका कारण त्यहाँ ओहोरदोहोर गर्ने सर्वसाधारणले समेत सास्ती खेप्नुपरिरहेको छ ।
प्रहरीका अनुसार पछिल्लो समय रत्नपार्क क्षेत्रमा धेरै युवकहरु साँझ भेष बदलेर हिँड्ने गरेका छन् । त्यसरी हिँड्ने कतिपय साँच्चिकै तेश्रोलिङ्गी यौनकर्मी हुन्छन् भने कतिपय विभिन्न उद्देश्य बोकेर भेष बदल्ने गर्छन् । देख्नेरभोग्नेहरु भन्छन्, ‘काठमाडौंको मुटु मानिने रत्नपार्क बिहान, दिउँसो र बेलुकी गरी तीन समय छेपारोले झैँ रङ फेर्छ ।’ हुन पनि हो । यो क्षेत्र बिहान शान्त, दिउँसो भद्र, साँझ व्यस्त र राति बढी उत्तेजक देखिन्छ । यसैले प्रहरी प्रशासनको नजरमा रत्नपार्कको यौनधन्दा पर्दैन । परेर पनि केही हुने होइन । यद्यपि, गम्भीर भएर हेर्ने हो भने त्यो विषय यौनकर्मीसंगमात्र गाँसिएको होइन र छैन । त्यो विषय नेपाली राजनीतिक, सामाजिक संरचना र नेपालकोे समग्र विकास तथा यथार्थस“ग जोडिएको चुनौतीपूर्ण विषय हो । यसरी नै खुलेआम रत्नपार्कमा जोखाजोख हुने हो भने भोलिको पुस्ताले त्यसबाट के सिक्ने हो रु त्यसले सामाजिक जीवनमा कस्तो प्रभाव पार्ने हो रु फेरि पनि प्रश्न र सवाल भनेको देश र मुलुक बनाउ“छु भन्ने राजनीतिक नेतृत्वतर्फ औंला सोझिन्छ । रत्नपार्कको ठोकाठोक र जोखाजोखकोे धन्दा कहिले अन्य होला वा रूपान्तरण होला रु यसले नेपाली समाजको अनेकौं वास्तविकता र यथार्थता झल्काइरहेको छ ।