काठमाडौं– शुक्रबार सुनको मूल्य तोलामा एक हजार पाँच सय रुपैयाँले बढेको छ । आज सुन तोलामा एक हजार पाँच सय रुपैयाँले बढेर एक लाख ४८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलाको एक लाख ४६ हजार छ सय रुपैयाँ रहेको थियो ।त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा ४० रुपैयाँले बढेर एक हजार सात सय ३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।हिजो चाँदीको भाउ तोलामा एक हजार छ सय ९० रुपैयाँ रहेको थियो ।

प्रकाशित :- २०८१ श्रावण २५, शुक्रबार ०६:५२