काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उनको निधन भएको हो । उनको पार्थिव शरिरलाई आज अपरान्ह पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ ।

लोहनी गायक समेत थिए । रेडियो नेपालमा उनले केही गीत रेकर्ड गरेका छन् । उनी ‘माइतीघर’का गायक समेत थिए । पछिल्लो गीतको रुपमा उनले ‘पुनरागमन’ ल्याएका थिए । नेपालीसहित हिन्दी र बंगाली फिल्मकी चर्चित अभिनेतृ माला सिन्हाका उनी श्रीमान समेत हुन् । उनीहरुको एक छोरी छिन् ।