काठमाडौ। गायक तथा सङ्गीतकार शङ्कर पन्तको नयाँ गीत ‘उडायो पाङ्ग्रेले’ सार्वजनिक भएको छ । पन्तकै शब्द, सङ्गीत तथा आवाजमा उक्त गीतको भिडियो बिहीबार साँझ ५ बजे सार्वजनिक गरिएको हो । गीतमा अर्का गायक राजु ढकालको समेत आवाज छ ।

होम गुरुङको निर्देशन रहेको गीतमा पत्रकार समेत रहेका हरि खरेल, दिपक अधिकारी र कामना पोख्रेलको अभिनय रहेको छ।
प्रकाशित :- २०८१ श्रावण १७, बिहीबार १३:५८