काठमाडौं। काठमाडौंको चुनदेवीबाट जुवा खेलिरहेको र खेलाएको आरोपमा ९ जना पक्राउ परेका छन्। काठमाडौं प्रहरी परिसरको टोलीले काठमाडौं महानगरपालिका-४ स्थित तीन तले घरको छतमा ओखर (जुवा) खेलेको र खेलाएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएको हो। घटनास्थलबाट प्रहरीले १० लाख ११ हजार रुपैयाँ नगद र १३ ओटा ओखर बरामद गरेको छ।

प्रकाशित :- २०८१ श्रावण १५, मंगलवार ०७:३०