काठमाडौं : १६ वर्षको उमेरदेखि संगीत क्षेत्रमा शुरुवात गरेका अर्जुन सापकोटाले एक दर्जनभन्दा बढी गीत रेकर्ड गर्न सफल भएका छन् । रिलिज भएका मध्ये ‘बाँकी चारी’, ‘ढल्केरा नाच्छु’, ‘परदेसिको पिडा’ जस्ता गीत नेपाली समुदायमा लोकप्रिय छन् ।

उनका ‘नगारा पिर माया’, ‘सिमलैमा मैना’ नामक नयाँ गीतहरु रिलिजको तयारीमा छन् । यसका साथै उनले ‘बोटाइमा अम्बा छ’ गीतमा पनि संगीत दिएका छन् ।
स्टेज परफर्मेन्समा सनसनी बनेका सापकोटा प्रत्यक्ष प्रस्तुतिका लागि भारत, अष्ट्रेलियालगायत विभिन्न देशको भ्रमण गरिसकेका छन् । उनी केही समय नवलपरासीको दर्पण एफएम स्टेसनमा प्रस्तोता र कार्यक्रम संयोजक थिए । सापकोटालाई नेपाली लोकगीत, दोहोरी, भजन गाउन मन लाग्नुका साथै मोडलिङमा पनि रुचि छ ।
हालका वर्षहरूमा, उनले संगीत निर्माण, गीत रचना, र समग्र रूपमा संगीत उद्योगमा धेरै योगदान दिएका छन्। उद्योगमा आफ्नो गतिशील सहभागिताका कारण सापकोटालाई धेरै चर्चित कलाकारहरूले बधाई दिएका छन् र उनीहरूले उनको साहस अझ बढाएको विश्वास गर्छन्।
सापकोटाले नवलपरासीको चोरमारामा प्रारम्भिक स्कुल पढ्दादेखि नै संगीतमा रुचि राखेका थिए । हाल व्यवस्थापनको विद्यार्थी भए पनि उनले गीत रेकर्ड गर्ने रहर छोडेका छैनन् । उनको हालैको हिट चलचित्र ‘बांकी चारी’ युट्युबमा ६ मिलियन भ्युज छ । Facebook र TikTok दुबैमा 100k भन्दा बढी फलोअरहरू सहित उहाँको ठूलो फ्यान फलोइङ पनि छ।