काठमाडौं– साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन तोलाको १३ सयले घटेर एक लाख ४६ हजार २ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि शुक्रबार सुनको मूल्य तोलाको १ लाख ४७ हजार ५ सय रहेको थियो । त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ४५ हजार ५ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज प्रतितोला २० रुपियाँ घटेर तोलाको १८१० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित :- २०८१ श्रावण ६, आईतवार ०५:५७