काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बजेट निर्माणको प्रणालीमा प्रश्न उठाएका छन् । चितवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफूहरूले सुरुआतदेखि नै काम गर्न सकिएन भने सरकारमा टाँसिएर नबस्ने भन्दै आएको बताए ।शनिवार खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले सरकारलाई दिएको समर्थनबारे समीक्षा गर्न आवश्यक रहेको भन्दै राजीनामा पत्र खल्तीमा बोकेर हिँडेको अभिव्यक्ति दिएका थिए ।त्यसबारे उनले भने, ‘हामीले राम्रो काम गर्न सकेनौँ भने वा काम गर्न पाइएन, सकिएन भने टाँसिइरहेर बसेर हुँदैन भनेर सुरुवातदेखि नै भनिरहेका छौँ । यो रास्वपाको मूल स्वभावको निरन्तरता हो । त्यो भन्दा बाहेक बजेटमा काम गर्ने तौरतरिका, बजेट निर्माण, हुने प्रणाली, कहीँ न कहीँ मन्त्रीको पनि पहुँच हुन नसक्ने अवस्था हो । त्यो प्रणालीगत अवस्थाको अभिव्यक्ति हो । त्यसले सरकारमा समस्या आयो कि के हो ? भन्ने केही होइन ।’उनले खेलकुद मन्त्रीको अभिव्यक्तिलाई आआफ्नै स्वादअनुसार व्याख्या गरिएको टिप्पणी गरे।उनले भने, ‘सदनमा पनि छलफल भइरहेको प्रणालीमा समस्या भइरहेको छ भन्ने बुझेका छौँ । आफैँलाई पनि अझै केही गर्न पाए हुन्थ्यो भन्ने र हुटहुटीको प्रतिबिम्ब मात्रै हो । तर, व्याख्या आआफ्नो कुनै कारणले समय पर्याप्त नहुँदा र फेरि गठबन्धन परिवर्तन पनि हुँदा त्यसले सोचेजस्तो हुन नपाएको कुरालाई राम्रोसँग लोकतान्त्रिक पद्धतिबाट मजाले अभिव्यक्त गरेको मात्रै हो ।’
