काठमाडौं– नेपाली साहित्य र पुस्तक संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यले Read & Rise Pictures and Print प्रकाशन र नेपालकै चर्चित पुस्तक विक्रेता Newroad Bookstore को संयुक्त आयोजनामा ‘लेखक संग अंतरक्रीया कार्यक्रम’ सम्पन्न भएको छ।

उक्त कार्यक्रम नेपालका ख्यातिप्राप्त साहित्यकार अमर न्यौपानेको विशेष उपस्थितिमा सम्पन्न भएको हो। न्यौपाने ‘सेतो धर्ती,’ ‘करोडौं कस्तुरी,’ ‘गुलाबी उमेर,’ र ‘आदि’ जस्ता चर्चित कृतिका लेखक हुन्।
कार्यक्रममा नयाँ साहित्यकार र पाठकहरूलाई नेपाली साहित्यतर्फ कसरी आकर्षण गर्न सकिन्छ भन्ने विषयमा विस्तृत छलफल भएको थियो। सहभागीहरूले पुस्तक पढ्ने संस्कृतिको प्रवर्द्धन, नेपाली साहित्यमा नयाँ प्रवृत्ति, र लेखन क्षेत्रको सम्भावनाबारे विचार-विमर्श गरे।
Newroad Bookstore को कार्यालयमै सम्पन्न कार्यक्रममा विभिन्न साहित्यकार, पुस्तकप्रेमी, र पाठकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। आयोजक संस्थाहरूले भविष्यमा पनि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्दै नेपाली साहित्य र प्रकाशन क्षेत्रलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।