काठमाडौं: विनाअक्सिजन सगरमाथा चढ्ने क्रममा एक जनाको मृत्यु भएको छ । यस्तै उनका अर्का एक जना सहयोगी बेपत्ता भएका छन् । केन्याका आरोही जोसुआ चेरियट किरुईको मृत्यु भएको हो ।

बुधबार राति साढे १० बजे सगरमाथा चुचुरो नजिकै ९८,८३० मिटर उनी मृत अवस्थामा भेटिएको पर्यटन विभागले जनाएको छ ।विभागका अनुसार ‘एसएसटी एभरेस्ट एस्पिड २०२४ स्प्रिङ टिम २’ पर्वतारोहण दलका ४० वर्षीय आरोही सेभेन समिट ट्रेकमार्फत सगरमाथा चढ्न गएका थिए ।उनी विनाअक्सिजन आफ्ना नेपाली माउन्टेन गाइड सोलुखुम्बुका ङवाङ शेर्पाका साथमा १८ मेका दिन आधार शिविरबाट दोस्रो आधार शिविर तर्फ प्रस्थान गरेका थिए । उनीहरू १९ मेका दिन दोस्रो शिविरमा बसेर २० मेका दिन तेस्रो शिविर पुगेका थिए ।
२१ मेका दिन चौथो शिविर पुगेका उनीहरू २२ मे ९बुधबार० बिहान सगरमाथा चुचुरोतर्फ लागेका थिए ।आरोही र सहयोगी सगरमाथा नजिकै पुगे पनि आरोहण गरेरनगरेको यकिन नभएको समेत विभागले जनाएको छ ।बुधबार दिउँसो ९ बजेसम्म पनि रेडियो सम्पर्कमा नआएपछि सेभेन समिटले चार जना अनुभव माउन्टेन गाइन परिचालन गरी क्याम्प २ माथि खोजतलास गरेको थियो ।
सो क्रममा राति साढे १० बजे केन्याका आरोहीको शव भेटिएको हो ।सहयोगी शेर्पाको भने अझै खोजी जारी रहेको र अवस्था समेत अज्ञात रहेको पर्यटन विभागले जनाएको छ ।