हरिश अवस्थी काठमाडौं– श्री सम्माननीय प्रधानमन्त्री ज्यू , सम्पूर्ण माननीय मन्त्रीज्यूहरु तथा माननीय संसद ज्यूहरुमा नमस्कार !
म एउटा प्रयोगशालामा समान सरह प्रयोग गरिएको शिक्षक र आज अभिभावक विनाको अनाथ पनको हैसियतले तपाईहरू सम्पूर्ण लाई सम्झिदै जानी नजानी एउटा पत्र लेख्ने प्रयत्न गरेको छु। समय भएछ भने हेर्ने र पढ्ने कोषिस गरिदिनु हुनेछ भन्ने झिनो आसा बोकेको छु। हुनत तपाईहरूलाई हाम्रो आवाज भन्दा आफ्नो शक्ती प्रदर्शन गर्ने होडबाजी चलाउन मजा आइरहेको छ हाम्रा पसिना र आशुमा रमाइ रहनु भएको छ तै पनि यो मनलाई शान्त पार्नका निमित्त सडक बाटै पत्र लेख्ने निधो गरे को छु।

मलाई झलझली याद आइरहेको छ यति बेला तपाईलाई जिताउनका निम्ति तपाई र हामी चुनावको बेला घाम पानी नभनी सम्पूर्ण जनमास मेरो हो भनेर धनी गरिब बृद्ध महिला युवा असहाय परिवारको घर-घर घुमेको र तपाईका झुठाँ आस्वासनको भारी बोकेर ओकाली चढेको अनि ओराली भरेका दिनहरूको । सायद हजुरका त्यी झुठाँ आस्वासनको भारी बोकेको पाप आज म लगायत हामी सम्पूर्ण शिक्षकले पनि भोगिरहेका छौ ! सचेत नागरिक हु भन्ने दावा गर्ने म तपाई लाई जिताएर सभासद् बनाएर आज सचेत नागरिक नभएको प्रमाणित भएको अनुभव पनि गरेको छु !आज पनि तपाईलाई कुर्सि कै खाचो छ शक्ती प्रदर्शन मै व्यस्त हुनुहुन्छ, हाम्रो आवाज तपाईको कानले सुन्न अप्ठेरो मानिरहेको छ जुन आवाज हाम्रो व्यक्तिगत स्वार्थ भन्दा पनि देशको शिक्षा प्रणाली परिवर्तन का लागि हो जसले देशको शिक्षाको अवस्था को परिवर्तनको उठान गरिरहेको छ ।
l
मलाई लाग्छ देशमा विकास सम्बृद र परिवर्तन हुन शिक्षा वैज्ञानिक र व्यवहारिक हुन अपरिहार्य छ ! त्यसमा पनि यो विद्यालय स्तरको पढाई लाई सवल र वलियो बनाउनु अपरिहार्य छ ! म पनि एक ३० बर्षिय एक जोश जागर र देश भक्ती वोकेको युवा हु ! म संगका सबै साथी PHD गर्ने निऊ पारेरै भनौ विभिन्न देशमा PHD गर्न जानुभएको छ सायद सके सम्म यो भूमि नटेक्ने हिसाबले । तर मेरो हृदय जसले आफनै देशमा केही गर सिकेको ज्ञान र यत्रो 20 औ बर्ष देश र माटोले लगाएको लगानी यही माटो का निम्ति खर्च गर भनिरहन्थो र त्यसै गरे को पनि छु । म अहिले ११ । १२ कक्षामा ६ बर्ष यता chemisty विषय अध्यापन गरिरहेको छु ! तर मनले छोड अब देश भक्ती छोड अब सबै कुरा तनाव नलिई छोड अब देश भनिरहेको छ ! म त एक प्रतिनिधि पात्र मात्र हु म जस्तै हजारौ युवा छन जसले देश नछोड्न सकेको मा आफुलाई धिकारी रहेका छन !
कारण
१. पढेको छ ज्ञान पनि छ ज्ञान दिइरहेको छ तर मन खुशी छैन !
२. म कस्तो देश मा छु जहाँ न योग्यताको कदर हुन्छ न ज्ञान, सीप अनि काम को नै !
३. कक्षा ११ / १२ विज्ञान विषय पढाऊ भनेको छ ९ – १२ प्राविधिक पढाउ भनेको छ दरवन्दी क्रेट गरेको छैन हामी त अस्थायी हौ हाम्रो केही अस्तित्व नै हुन्न !
४. देशको शिक्षा को मूल खम्बा ११ / १२ प्रयोग शाला बनेको छ म जस्ता युवाका लागि दुई बर्ष प्रयोगात्मक कक्षा लिन्छु दिक्क लाग्छ अनि खरिदारको तयारी गर्छु खरिदार बन्छु ! किनकी स्थायी जागिर पो जागिर ! मैले masters गरेर पढेको physics, Chemistry math engineering computer biology agriculture म फाइल भर्न खरीदार भएर use गर्छु !
५. न रिसर्च छ न कलकारखाना छन न उद्योग छन भएका केही स्कुलमा अस्थायी जागीरको मुल्य छैन काम गरेको मूल्य विषय र महत्व नबुझेको मान्छेले गर्छ त्यस्तै !
६ . केही गर्न सकेन भने शिक्षण मा आउछ भन्ने मानसिकता सम्पूर्ण जनमानसमा छ ।
७. शिक्षा प्रणाली २०२८ अनुसार चलिरहेको शिक्षा ऐन छ नया ऐन ल्याऊ भनेर हामी सडकमा आउनु परेको छ !
८. २० औ बर्ष शिक्षक सेवा आयोगले दरवन्दी खोलेन नया जोश जागर र उमङ्ग भएका युवाहरुलाई विभिन्न नाममा राहत अनुदान भन्दै प्रयोग शाला जस्तो नियुक्ती गऱ्यो न उसले तयारी गर्न पायो न स्थायित्व भयो समाजले स्थायी भन्दा अर्कोलाई मान्दैमान्दैन आज उसलाई झोले शिक्षक भनियो !
९. स्थायी भएर पनि विभेद नै विभेद जो शिक्षककै कारण निजामती कर्मचारी बन्यो उसै सरह पनि सेवा सुविधा छैन!! याद रहोस नियुक्ती हुदा कुनै पनि शिक्षक विना योग्यता नियुक्ति भएनन र उनै शिक्षकहरुले पढाएर नै आज अरु पद प्रतिस्ठा नेता कार्यकर्ता र कर्मचारी बनेका छन !
हाम्रो अर्को अनुरोध हामी ले ११ -१२ मा विद्यार्थी चाहि पढाउनु पर्ने शिक्षकको दरवन्दी नै छैन अनि गुणस्तरको कुरा गरिन्छ यो कसरी सम्भव छ ! असम्भव कुरा त्यसकारण केही दक्ष जनशक्ती विदेश जानबाट रोकिएको प्राविधिक धारका ११-१२ का अनुदान कोटाहरू जो दिक्क मानी मानी पनि लागिरहेका छन ।
हाम्रो यो जोश जागर उमङ्ग र उमेर किन प्रगोगशालाको समान जस्तै प्रयोग गरेर फ्याक्ने प्रयत्न गर्नुहुन्छ ? ?आज किन सरकारले खुलेर हाम्रो पक्षमा शिक्षकका माग जायज छन र यसका पक्षमा हामी छौ शिक्षा ऐन ल्याउँछौ भनेर भन्न नसकेको होला ! सबैले म राम्रो हु भन्न सक्छ तर राम्रो बन्न सक्दैन किन होला अन्तमा फेरी अनुरोध गर्छु हजुरहरु सकारात्मक हुनुहवस र शिक्षा ऐन छिटो पास गर्नुहोस जव शिक्षामा परिवर्तन हुन्छ तब देशले साच्चै मुहार फेर्नेछ निरासिएका युवा मा खुशी छाउनेछ ! कक्षा १२ सकिदै देश छोडने मस्तिस्कले पनि केही छिन सोच्ने छ र तपाईलाई पनि सबैले जय जय गर्ने छन !
हरिश अवस्थी कर्णाली मा वि टीकापुर कैलाली हाल : सडक माइतीघर मण्डला