काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ११ सयले घटेर १ लाख ३५ हजार ४०० मा कारोबार भइरहेको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख ३४ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहीबार छापावाल सुन तोलाको एक लाख ३६ हजार ५०० मा कारोबार भएको थियो भने तेजावी सुन तोलाको एक लाख ३५ हजार ८५० मा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य बिहीबारकै प्रतितोला १६ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।