कैलाली । नेकपा एमालेमा एक मात्र महिला जिल्ला अध्यक्ष भएको सुदूरपश्चिममा थप एक जना महिलाले पनि पार्टी अध्यक्षको जिम्मेवारी पाएकी छन् । यसअघि कञ्चनपुरमा लक्ष्मी बुढा अध्यक्ष थिइन् ।

एमालेको अन्तरपार्टी निर्देशन १० मा डोटी जिल्लामा पनि महिलालाई अध्यक्षको जिम्मेवारी दिएको उल्लेख गरिएको छ ।
डोटीमा जिल्ला अधिवेशन हुन बाँकी रहेको थियो । केन्द्रले मञ्जु मलासीको अध्यक्षतामा जिल्ला सङ्गठन कमिटी तयार गरेको छ । यस अघि डोटी जिल्ला उपाध्यक्ष रहेकी मलासी दिपायल सिलगढी नगरपालिकाको पूर्वमेयर पनि हुन् ।
उपाध्यक्षमा शेरबहादुर मल्ल, सचिवमा लक्ष्मण मलासी उपसचिवमा कृष्ण कुमार खड्का र तेजबहादुर डुम्रेलले जिम्मेवारी पाएका छन् ।
अपानीमा अछाम जिल्ला कमिटीलाई यथावत् राखिएको जानकारी गराइएको छ । बझाङमा कलबहादुर खड्कालाई अध्यक्ष तोकिएको छ ।उपाध्यक्षमा मोहन जोशी सचिवमा आनन्द विक,उपसचिवमा सुरत बहादुर सिंहलाई जिम्मेवारी तोकिएको छ ।
उमेश बोहरा,कलक रोकाया धर्मराज खड्का,राकेश सिंह, लोकेन्द्र बोहरा, प्रयागराज जोशी लोकेन्द्र सिंह, रामप्रसाद जप्रेल, भुवनेश्वर उपाध्याय,प्रेम मल्ल, हर्कबहादुर बोहरा, विष्णु प्रसाद नेपाली, दिनेश नेपाली र राधा विष्ट समेत रहेको सङ्गठन कमिटी गठनको प्रस्ताव अनुमोदन गरेको उल्लेख गरिएको छ ।
सुदूरपश्चिम प्रदेश कमिटीमा २४ जना मनोनीत गरेको समेत अपानीमा उल्लेख गरिएको छ ।