खगेन्द्र अबस्थि काठमाडौँ । हालको केआइ सिंह गाउँपालिका वडा नं.१ अन्तर्गत रहेको नारीदाङ भन्ने ठाउँमा गोर्खाली फौज र डोटी राज्यको फौज बीच घमासान युद्ध भएको थियो जसको पूर्ण लिखित इतिहास पाइएको छैन । डुम्राकोटको चैतमा यस घटनाको बारेमा उल्लेख गरेको पाइन्छ । दुई पक्षबीच युद्ध हुने क्रममा डुम्राकोटी ठकुरी राजा बहादुर शाहका सेनालाई परास्त गर्न जोश जाँगरका साथ युद्धमा होमिएका थिए । उक्त युद्धमा प्रयोग गरिएका थिए, घारका माहुरी, राँगा,गोरु,आदि । साथै आफ्नो पक्षका सेनाहरुको मनोबल बढाउने उद्देश्यले नरसिंहा र विगुल सहित मधुवा आउजीको टोली पनि उपस्थित थियो । मधुवा आउजीले विगुल र नरसिंहा बजाए पछि दिपशाही राजा उत्साहि भए । त्यति वेला डोटी राज्यमा सूर्यवंशी राजपूत जितुशाहीको राठ सम्दिर्ञ्यूको राज्य चलिरहेको थियो । युद्धको तयारी हुने बेलामा डोटेली बाजाहरु बज्न लागे । पुराणअनुसार मानसखण्डका रूपमा परिचत सुदूरपश्चिम धार्मिक, सांस्कृतिक, ऐतिहासिक र पर्यटकीय हिसाबले निकै महत्वपूर्ण मानिन्छ। पुरातात्विक हिसाबले समेत महत्वपूर्ण ठानिएको गाउँपालिका हो– डोटीको के.आई.सिंह गाउँपालिका। दिपायलदेखि दायाँबायाँ दुईतिरबाट सडकले जोडेको छ– के.आई.सिंह गाउँपालिको कार्यालय क्षेत्र। एउटा बाटो राजपुर भएर जान्छ भने अर्को बाटो सेती किनार भएर जान्छ।चारैतिर डाँडा काँडाले घेरेको बीचमा समथर खेतियोग्य उर्भर भूमिले यो क्षेत्र घुम्न आउने जो कसैको मन लोभ्याउँछ। बीचमा मैदान र यसकाे चारैतिर वन क्षेत्र अनि बन क्षेत्रबाट बगेर आएको डोटी खोलाको कलकल बग्ने चिसोपानीले जो कसैको मन लाेभ्याउँछ ।डोटी खोलाको पुछारमा रहेको मस्टो देवताको मन्दिरमा दैनिक सयौँको संख्यामा आन्तरिक पर्यटक आउने गर्दछन्। वरिपरि रहेको वन क्षेत्र त्यसमा फूलेका रंगिविरंगीं फूल, विभिन्न प्रजातिका चराको चिरिविर आवाजले जो कसैलाई स्वर्गमा पुगेको अनुभुति हुन्छ। वन क्षेत्रबाट देखिने सेताम्मे हिमाल। आहा ! कति सुन्दर शान्त र रमणीय। डोटी डुम्राकोट प्राकृतिक सौन्दर्यताको खानी हो र एक पटक पुग्नैपर्ने गन्तव्य पनि। यो क्षेत्र स्वर्गको एक टुक्राजस्तै छ ।चैत, वैशाख महिना यहाँका वनहरुमा रगिंविरंगी फुलेका लालीगुँरास देख्न पाइन्छ भने साउन, भदौ महिनामा राेपाइँ सकिएर बनेका ती हरीयाली फाँटहरु देख्न पाइन्छ। डाक्टर के.आई. सिंह अर्थात् कुँवर इन्द्रजीत सिंहको जन्म इस्थान भय पनि यस क्षेत्रकाे विकासमा उल्लेखनीय प्रगती हुन सकेकाे छैन । सिंह नेपालका २० औं प्रधानमन्त्री थिए।

गादीकाे ढुंगा
डोटी राज्यको इतिहास
नेपाल सिंगो मुलूक विभिन्न स–सना राज्यमा विभाजित हुने क्रममा कर्णाली र गण्डकी क्षेत्र बाइसी, चौबिसी राज्यमा खस राज्य टुक्रिन गएको कुरा इतिहासका पानाहरूको अध्ययनबाट थाहा पाउन सकिन्छ । इतिहासमा उल्लेख भई आए अनुसार बाइसी राज्यहरुमध्ये शक्तिशाली राज्यको रूपमा रहेको हालको डोटी जिल्ला तत्कालीन राज्यको मौसमी राजधानीका रूपमा रहेको दिपायल, अजैमेरु, उकुबाकु , जोराईल बाहेकको प्रमुख विशेषता बोकेको तर इतिहासमा नाम मात्र उल्लेख गरिएको वर्तमान अवस्थामा पनि उक्त राजधानीको स्थलगत अध्ययन गर्न सकिने तर स्रोत साधनहरु उल्लेख नभएको पाईए तापनि विभिन्न कथा कहानीको रूपमा मात्र सीमित रूपमा रहेको डुग्राकोटलाई परिचित गर्न खोजिएको छ । डोटी राज्यका संस्थापक राजा यिरपाल भएको र अन्तिम राजा दीप शाह थिए । एक पटक यो राज्य निकै शक्तिशाली भएको समयमा यस राज्यका शासकहरूको एकताका कारणबाट कुमाउ र गढवाललाई समेत आफ्नो कब्जामा लिएको तर पछि शासकहरूमा आपसी मनमुटाव हुंदा ती राज्यहरु स्वतन्त्र भएका थिए । डोटी राज्यमा शाहहरु कमजोर हुंदै जांदा त्यो क्षेत्रमा चन्दहरूको स्वतन्त्र राज्य कायम हुन गएको साथै अधिकांश रूपमा शाह तथा चन्दहरु नै सुदूरपश्चिमाञ्चलमा शासकको रूपमा देखा परेको इतिहासबाट समेत थाहा पाउन सकिन्छ । १४ हजार ७ सय घर भएको डोटी राज्य जुम्लापछिको दोस्रो शक्तिशाली राज्य भएको र यसका प्रमुख राजधानीहरूमा मौसम अनुसार डुग्राकोटको बेग्लै पहिचान रहेको पाईन्छ । यस क्षेत्रमा हाल ब्राह्मण अवस्थी, क्षेत्रीहरूमा कठायत, वैश्यहरु नभएको र शुद्रको रूपमा भने वि.क.हरू रहेको भण्डारीहरु जसको यस राज्यसँग प्रत्यक्ष सरकोकार रहेको थियो, पाटन गा.वि.स.कै वडा नं.९ मा बसोबास गर्ने गरेको पाईन्छ भने आसपासमा पन्त, भण्डारी, बिष्ट, पहरी, गिरी, सार्की, दमाई, ऐर, जोशी, अवस्थी, चन्द, खत्री आदि प्रमुख जातिहरू रहेका छन् । चन्दहरूको स्वतन्त्र राज्य कायम हुने क्रममा यस डोटी राज्यका शासकको रूपमा खिप चन्द भनिएका खेम चन्द तथा दीप चन्द अन्तिम शासकको रूपमा रहेको र तिनीहरूले भण्डारीको श्रीमतीलाई विवाह गर्न खोजेकोमा अन्त्यमा भण्डारी र कठायतहरूको प्रयासबाट अन्त्य भएपछि चन्दहरूको स्थापनामा मन्दिरहरु स्थापना गरिएको हाल ती मन्दिरहरूमा कठायत, पन्त, भट्टराईहरूले पूजाआजा गर्ने गरेको देख्न र मन्दिरहरु हेर्न सकिन्छ । यसै डुम्राकोटमा राजाले आफ्नी रानीलाई सुर्नयामा शयन गर्न र पानी भर्न बनाएको सुरुड हाल पनि देख्न सकिने तर कतिपय भने जीर्ण अवस्थामा रहेको देखिन्छ ।
नारीदाङ
डुम्राकोटको चैतमा उल्लेख भएअनुसार डुम्राकोटी र गोर्खाली सेनाबीच अन्तिम लडाइँ भएको यो ठाउँ यसै गाउँपालिका अन्तर्गत पर्दछ। इतिहास झल्काउने त्यो रण मौदान देख्न सकिन्छ त्यहाँ। गाउँपालिकाको वडा नं २ मा पर्ने त्यही फाँटमा वि.सं.१८४६ मा गोर्खाली फौज र डोटेली सेनाबीच घमासान युद्ध भएको थियो। सेतीको त्यो किनार डुम्राकोटीहरुको शमसानघाट पनि हो।युद्धमा हौसला प्रदान गर्न मधुवा आउजीले नरसिंहा बजाएका र शत्रुको तलबारको प्रहारले दुइटै खुट्टा छुट्टिदा समेत काटिएका खुट्टा बालुवामा घुसारेर साहस नगुमाई अन्तिम अवस्थासम्म भवानी शाहीले युद्ध लडेको वर्णन यसरी गरिएको पाइन्छ डुम्राकोटको चैतमा।
मुदुवा आउजीले नरसिंहा फुक्यो
रुपा शाहीका गाथ बेत काडो फुल्यो
सेती गङ्गावरिपरि फुलिगया पाती
घुडाधसी लड्दै छन् हो अर्जुन शाहीका नाति।
डोटी राज्यको दरवार डडेल्धुरा जिल्लाको अजयमेरुमा थियो।यहाँबाट डोटी राज्यको राज्य व्यवस्था सञ्चालन हुदै आएको र राजा भुपति शाहिको शासन कालमा डोटी जिल्लाको दिपायलमा गनैर गौडा नामक डाँडामा दरवार निर्माण भई राज्य व्यवस्था सञ्चालन हुन थाल्यो।डोटी राज्य एउटा सभ्य,ठुलो र विकसित राज्य थियो।
लेकगडा
स्वच्छ हावापानी गाउँले जनजीवन प्राकृतिक सुन्दरता सबै कुराले लोभ लाग्दो छ लेकगडा बजार। त्यो ठाउँ व्यापारिक नाका पनि हो। त्यतैबाट गएको छ बोगटान जाने सडक।खान बस्न राम्रो व्यवस्था छ त्यहाँ। त्यहाँको मलासी होटलमा तीस जना पाहुनालाई सुत्न मिल्ने कोठाहरु छन्। अतिथि सत्कार गर्न पछि पर्दैनन् त्यहाँका मान्छेहरु। दुई साइडमा पंक्तिवद्ध देखिने घरहरु, उकालोमा रहेको बजार, बजारको बीचमा पीच गरिएको चौडा बाटो, वरिपरि सुन्दर डाँडाकाँडाको दृश्यले रमाउँछ मन।
डुम्राकोट
एउटा इतिहास बोकेको एकान्तको ठाउँ डुम्राकोट पुग्नु अघि (सेती किनारको बाटो जाँदा) बाटैमा देखापर्छन् मौडा, घाँट लाउने ठाउँ, लोली गाउँजस्ता सुन्दर मनमोहक ठाउँहरु। घाँटलाउने ठाउँमा मोहन्याल बाबाको निकै पुरानो मन्दिर छ।मोहन्याललाई शक्तिशाली देवताका रुपमा लिन्छन् त्यहाँका मान्छेहरु, जुन मन्दिरमा के आई सिह २०१२ लेखिएको घाँट (घन्ट) झुण्डिएको छ। यसबाट सजिलै भन्न सकिन्छ २०१२ सालमा के.आई.सिंहले चढाएको घण्टा भनेर। त्यो समयमा के.आई.सिंहले त्यो क्षेत्रका अधिकांश मन्दिरमा एउटै खाले घण्ट चढाएको देखिन्छ। डुम्राकोट डोटी राजाको पुरानो कोट हो। जुन ठाउँ यतिखेर सुस्ताएको छ। उजाड अदाशलाग्दो देखिन्छ। तीन चार वटा घर मात्र छन् त्यहाँ। प्रायजसो भत्केका घरहरुका अवशेष मात्रै छन्।त्यहाँका ठकुरीहरु बसाइँ सरेर पुगिसके कोही काठमाडौं त कोही कैलालीतिर। संरक्षणको पर्खाइमा बसेको त्यो ठाउँमा के.आई. सिंहले बाल्यकाल विताएको घर छदैछ।
डा.के.आई.सिंहले गरेको भाषणको बिबरणः
“राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेको पूर्ब इतिहास बनाउदै त्यसमा रहेका सभापति, उपसभापति लगायत सारा कार्यकारिणी सुवर्ण(महावीरबाट तलब खान्थे । बनारसस्थित तुलसी घाटको कार्यकर्ता सम्मेलनमा महेन्द्र बिक्रम शाहको तलब १५०० बाट ७०० मा ओर्ल्यो । त्यस्तै सूर्य प्रसाद जीको तलब पनि घट्यो । सेटेम्बर २२, २५, ३०, १९५० को बैरगनिया सम्मेलनको इतिहास सन्दर्भमा मैले नेपाली जनतामा राजनैतिक चेतना नआएकोले अहिले क्रान्तिको टायम ठिक भएको छैन । हामीले राणाशासन अबश्य खतम गर्नु पर्छ तर जनचेचतना नल्याई क्रान्ति गर्दा दुईचार ब्यक्तिको स्वार्थपुर्ति मात्र हुन्छ भनेको थिएँ । राजसत्ता खतम गर्नुपर्छ भन्नेहरुको पनि कडा बिरोध दर्साए । तर सुबर्ण र महाबीरको सयसय रुपियाँ नोट तलब खाने कोइरालाहरुले मेरो कुरा सुनिदिएनन् ।
श्री मातृका प्रसाद कोइरालालाई डिक्टेटर बनाउँदा वहाँले बिरोध गरी वहाँको आडर नमान्ने प्रतिग्या गरेका थिए । खान नपाउने कोइरालाहरुले ठाउँठाँको लुटको पैसा कुम्ल्याएपछि ब्यांकेटस् लगाएर उटँको जस्तो गर्दन बंग्याएर हिड्ने भए । प्रवासी कोषाध्यक्ष श्री सुबर्ण शमशेर र महावीर शमशेरको मनमा देशमा प्रजातन्त्र ल्याउने थिएन, बाफ बैरी साध्नु थियो । स्वार्थपूर्तिका लागि सुरु देखि जम्मा १० लाख रुपियाँ खर्च गरेका थिए तर २००७ कार्तिक १९ गतेमा बिरगन्ज लुटी दश लाखको बदला २० लाख फेला पारे । त्यपछि उहाँले भैरहवा कमान्डर भई खटिएका गोपाल शमशेर र पछि सम्पूर्ण पश्चिमांचलका कमान्डर महेन्द्र बिक्रम शाहले हतियार सम्मको मद्दत नदिई धोका दिएका थिए । उनीहरुको एक मात्र उद्देश्य उस बखतको भैरहवा अड्डाको ३० लाख नगद रुपियाँ हात लगाउनु थियो । त्यसपछि आफूले दिल्ली सम्झौताको बारेमा गोरखपुरमा बिरोध गर्दै नेपालका श्री ५ को बैबाहिक नायिकत्वमा प्रजातन्त्र कायम हुनु पर्दछ । क्रान्तिमा लड्ने साथीहरुको पनि सल्लाह नलिई विदेशमा आई सम्झौता गर्नु देश र जनतालाई धोका दिनु हो । श्री ५ पनि यस्तो धोकामा पर्नुहोला भनी मैले लेखेको थिएँ ।
इतिहासकार र स्थानीय लोकराज अबस्थिको सहयोगमा।